हङकङले दियो नेपाललाई १२६ रनको लक्ष्य

असोज १९, २०७६

काठमाडौं– नेपाल र हङकङबीच चलिरहेको पहिलो टी–ट्वान्टी क्रिकेटमा हङकङले नेपाललाई १२६ रनको लक्ष्य दिएको छ ।

ओमानमा चलिरहेका ५ देश सम्मिलित टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा हङकङले नेपाललाई १२६ रनको लक्ष्य दिएको हो ।


ADVERTISEMENT

ओमानको अल अम्रेट क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर १२५ रन बनाएको हो ।

नेपालका लागि करण केसीले ४ तथा अविनाश बोहोराले १ विकेट लिए ।
५ देशको सहभागिता रहेको छी–ट्वान्टी श्रृङ्खलामा आयोजक ओमानका साथै नेपाल, हङकङ, नेदरल्याण्ड र आयरल्याण्ड सहभागि छन्।

असोज १९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस