भदौ ७, २०८०
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं – दक्षिण अफ्रिकामा शिकारीहरूले सिंहको पञ्जा र दाह्रा निकाल्नका लागि विष हालिएको कुखुरो खुवाइएको छ । कुखुरो खाएपछि सिंहहरू तड्पी तड्पी मरेका छन् ।
मुटु नभएका हत्याराहरूले विषाक्त कुखुरा फालेपछि भाले सिंह थोर र मम्फोर्ड अनि सेता सिंहिनीहरू आइसिस र मिया त्यसलाई खाएर तड्पिएर मरे ।
उनीहरूले मरेका सिंहको पञ्जा र दाह्रा काट्नका लागि धारिलो हतियार तिखारिरहँदा सिंह राखिएको ठाउँनिरका कुकुरहरू बेस्सरी भुक्न थाले ।
कुकुर भुकेको सुनेर बिहान सखारै उठेका मानिसले शिकारीहरूलाई लघारे । लायन पार्कका गार्डहरू सिंह भएतिर दौडिँदै जाँदा ६ मध्ये चार सिंह मरिरहेको भेटे ।
सिंह पाल्ने व्यक्ति हेन्नी पियोले भने, ‘मैले यी सिंहहरूलाई ११ वर्षदेखि स्याहार गरिरहेको थिएँ । मेरी पत्नी इसाबेल र मैले तीनवटा सिंहलाई बोतलको दूध समेत पिलाएका थियौं । यस्तो जघन्य अपराध गर्नेप्रति मेरो चरम घृणा छ ।’
‘यी सुन्दर जनावरहरूलाई काटेर अंगहरू चोर्ने अनि काला जादूका लागि सामग्री बनाउनेलाई बेच्ने गिरोहले यो काम गरेको हुनुपर्छ । यस्तो घटना बाक्लै हुने गरेको छ र कोही पनि पक्राउ परेको छैन । मैले मेरा चार घनिष्ठ मित्र गुमाएँ तर पापीहरूले उनीहरूलाई काट्न नपाएकोमा पनि आभारी छु ।’
एजेन्सी
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...
चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...
काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...