×

NMB BANK
NIC ASIA

शिक्षा क्षेत्रको विकासका लागि राजनीति नगर्न पूर्व राष्ट्रपति यादवको आग्रह

मंसिर २०, २०७६

NTC
Premier Steels

पूर्व राष्ट्रपति डा. रामवरण यादवले शिक्षा नागरिकको नैसर्गिक अधिकार रहेको र मौलिक हकका रूपमा संविधानमा पनि उल्लेख भइसकेकाले यसको प्रत्याभूत गर्न कसैले पनि राजनीति गर्न नहुने बताएका छन् ।

Muktinath Bank

उनले शिक्षा क्षेत्रको विकासका लागि सरकार र जनप्रतिनिधि मुख्य जिम्मेवार रहेको र यसका लागि गम्भीर भएर लाग्नुपर्ने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बारबर्दिया नगरपालिका–६ मा सदाशिव बहुमुखी क्यापसको जग्गा खरीद र पूर्वाधार निमार्णका लागि बिहीवारदेखि शुरू भएको धनधान्याञ्चल महायज्ञ उद्घाटन कार्यक्रममा उनले शिक्षा क्षेत्रको विकास गर्न यसअघि नै बनेको शिक्षा आयोगले अध्ययन गरी सिफारिस गरेको सुझावलाई मात्रै नेपाल सरकारले योजना बनाएर कार्यान्वयन गरेको भए हालसम्म शिक्षा क्षेत्र धेरै अगाडि गइसक्ने बताए ।


Advertisment
Nabil box
Kumari

स्थानीयस्तरमै उच्च शिक्षासम्म अध्ययन गराउने उद्देश्यले विक्रम संवत् २०६६ सालमा अशुंवर्मा माविको प्राथमिक कक्षा सञ्चालन ब्लकको भवनमा शुरू गरिएको थियो । अहिले पनि क्याम्पस सोही भवनमा चल्दै आएको छ ।

Vianet communication

उच्च शिक्षा क्याम्पसलाई व्यवस्थित गर्न सहयोग गर्ने उद्देश्यले स्थानीय शिक्षाप्रेमी दिपिन पोखरेलले ५ कठ्ठा जग्गा दान गरेपछि सोही जग्गामा भवन निर्माण गरी पठनपाठन शुरू गरिएको छ ।

बारबर्दिया नगरपालिकाले नगर क्षेत्रमा कुनै पनि शैक्षिक संंस्था सञ्चालन गर्न न्यूनतम एक बिघा जग्गा अनिवार्य हुनपर्ने नीतिगत निर्णय गरेको छ । थोरै मात्र जग्गामा आवश्यक पूर्वाधार निर्माण गर्न पनि समस्या भएको छ । 

सदाशिव बहुमुखी क्याम्पस नगरपालिकाका नागरिकलाई उच्च शिक्षा प्रदान गर्ने महत्वपूर्ण शैक्षिक संस्था भएकाले यसको सबै क्षेत्रको विकास गर्न आफूले सबै किसिमको काममा सहकार्य गर्ने बारबर्दिया नपाका प्रमुख दुर्गाबहादुर थारूले बताए ।

क्याम्पसको जग्गा खरीद र पूर्वाधार निर्माण गर्न स्थानीय पनि सक्रियरूपमा लागेका छन् । आर्थिक अवस्था कमजोर भएकै कारण उच्च शिक्षा लिनबाट वञ्चित विद्यार्थीलाई उच्च शिक्षाको सपना पूरा गर्न महायज्ञमार्फत सहयोग पुग्ने विश्वास रहेको स्थानीय शिक्षाप्रेमी कालिप्रसाद थारूले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x