×

NMB BANK
NIC ASIA

कोटेश्वर–कलङ्की सडकमा रेलिङ राखिने

मंसिर २८, २०७६

NTC
Premier Steels

चक्रपथको कोटेश्वर–कलङ्की सडक खण्डमा पैदल यात्रुले आकाशे पुलको प्रयोग नगरी पुलमुनिबाट नै बाटो काट्ने क्रम बढेपछि पुलको दायाँ बायाँ रेलिङ निर्माण हुने भएको छ । पैदल यात्रु आकाशे पुलको प्रयोग नगरी पुल मुनिबाट नै बाटो काट्दा ट्राफिक व्यवस्थापनमा समस्या हुनुका साथै दुर्घटना हुने गरेको छ ।

Muktinath Bank

काठमाडौँ चक्रपथ सुधार आयोजनाका प्रमुख अमृतमणि रिमालले चक्रपथको कोटेश्वर–कलङ्की सडकखण्डमा पैदल यात्रुहरूलाई आकाशे पुल भएर बाटो काट्न प्रोत्साहित गर्न आकाशे पुलको सडकको दुवै किनारामा आकाशे पुल भएको ठाउँमा रेलिङ निर्माण गरिने तयारी भइरहेको जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयोजना प्रमुख रिमालले भने, 'चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा अधिकांश पैदल यात्रु आकाशे पुलको प्रयोग नगरी पुलमुनिबाटै वा अन्य ठाउँबाट बाटो काट्ने गर्छन्, त्यसैले पैदल यात्रुलाई आकाशे पुलको प्रयोगका लागि पुलको दायाँबायाँ दुई दुई सय मिटर रेलिङ निर्माण गर्न लागिएको हो ।’


Advertisment
Nabil box
Kumari

सडकको दुवै किनारमा आकाशे पुल भएको ठाउँमा रेलिङ निर्माण गरिने उनले बताए। आकाशे पुल निर्माणका लागि बोलपत्र आह्वान गर्न आवश्यक तयारी भइरहेको बताउँदै उनले अबको दुई महिनाभित्र बोलपत्र आह्वान गरी ठेक्का सम्झौताको काम सम्पन्न हुने जानकारी दिए।

Vianet communication

ठेक्का सम्झौता भएको एक महिनाभित्र निर्माण कार्य सम्पन्न हुने जानकारीसमेत उनले दिए। कुल दुई करोड रुपियाँको लागतमा सो रेलिङ निर्माण हुन लागेको हो ।

थप छवटा आकाशे पुल निर्माण

चक्रपथको सो खण्डमा थप छवटा आकाशे पुल निर्माण भइरहेको छ ।

चीन सरकारको सहयोगमा विस्तार गरिएको चक्रपथको सो खण्डमा यसअघि चीन सरकारको सहयोगमा नै कोटेश्वर, ग्वार्को र बागडोलमा सम्झौता अनुसारको आकाशे पुल निर्माण भइसकको छ भने नेपाल सरकारको लगानीमा बालकुमारी, सातदोबाटो, महालक्ष्मी स्थान, एकान्तकुना, सानेपा र बल्खुमा थप अकाशे पुल निर्माण हुन लागेको हो । निर्माण हुन लागेका थप छवटा आकाशे पुलमध्ये पाँचवटाको निर्माण कार्य सुरु भइसकेको छ भने एउटाको निर्माणका लागि ठेक्कापट्टाको प्रक्रियामा रहेको सो आयोजनाले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x