सरकारले समाजवादउन्मुख काम गरेको छ : वरिष्ठ नेता खनाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले लिपुलेक सदियौंदेखि नेपाली भू–भाग भएकाले यसमा भारतले हस्तक्षेप गर्न नहुने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) क्षेत्रीय कमिटीद्वारा शनिवार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हालै सो क्षेत्र भारतले आफ्नो नक्सामा समावेश गरेकोप्रति आपत्ति जनाए ।


Advertisement

‘सरकारले कालापानी, लिम्पीयाधुरा र लिपुलेक समेटेर यथाशीघ्र नक्सा प्रकाशित गर्न जरुरी रहेको छ,’ उनले भने । 

सरकारले समाजवादउन्मुख काम गरेको, सबै दल संविधानभित्र आउनुपर्ने र नआउने दल पछि पर्ने पूर्व प्रधानमन्त्री खनालले उल्लेख गरे । हालै सम्पन्न दोस्रो केन्द्रीय समितिको बैठकबाट पार्टी एकता थप बलियो भएको सन्देश गएको उनले जनाए । कार्यक्रमको सभापतित्व क्षेत्रीय अध्यक्ष जेवी विकले गरेका थिए ।


Advertisement

कमेन्ट गर्नुहोस्