×

NMB BANK
NIC ASIA

प्रदेश २ सरकारले प्रदेशबासी जनताको सुविधाका लागि सरकारी बस सेवा सञ्चालन गर्ने भएको छ ।

Muktinath Bank

प्रदेशको अस्थायी राजधानी जनकपुरदेखि सप्तरीको राजविराज र पर्साको वीरगञ्जसम्म प्रदेश सरकारले बस सेवा सञ्चालन गर्ने प्रक्रिया थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भौतिक पूर्वाधार विकास मन्त्रालयले ५ वटा बस खरिद गर्न टेन्डर प्रक्रिया पनि शुरू गरेको छ । जनकपुरधाम प्रदेशको अस्थायी राजधानी भएपनि स्थायी राजधानी नै हुने लगभग सुनिश्चित जस्तै रहेको अवस्थामा प्रदेशका अन्य जिल्लाबाट प्रशासनिक काम गर्नका लागि जनकपुर आउने सेवाग्राहीलाई सहज होस् भन्ने उद्देश्यले बस सेवा सञ्चालन गर्न लागिएको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताए ।


Advertisment
Nabil box
Kumari

‘राजधानीमा कामका लागि बिहान आउने सेवाग्राही प्रशासनिक काम गरेर त्यसैदिन गृहजिल्ला फर्किन सकूस् भन्ने उद्देश्यले प्रदेश सरकारको परिवहन सेवा आवश्यक थियो,’ मन्त्री सोनलले भने, ‘जसरी नेपाल सरकारले काठमाडौंमा साझा यातायात सञ्चालन गरेको छ, त्यस्तै मोडेलमा प्रदेश सरकारले पनि आफ्नै परिवहन सेवा सञ्चालन गर्न लागेको हो ।’

Vianet communication

प्रदेश सरकारको स्वीकृत कार्यक्रम अनुसार नै सेवा सञ्चालनका लागि मन्त्रालय स्तरीय निर्णय गरेर खरिद प्रक्रिया पनि अगाडि बढाइएको छ । मन्त्रालयका शहरी विकास भवन महाशाखाका इन्जिनीयर विनोदकुमार यादवले ५ वटा बस खरिद गर्नका लागि सबै प्रक्रिया अन्तिम चरणमा रहेको बताए ।

‘हामीले टेन्डर आह्वान गरेर फर्म समेत छनोट गरिसकेका छौं,’ यादवले भने, ‘अब सम्झौताका लागि आशयपत्र समेत आह्वान गरिसकिएको छ ।’ आगामी १ साताभित्र खरिद सम्झौता भइसक्ने उनले बताए ।

सीसीटीभी क्यामेरा सहितको बस 

मन्त्रालयले ५ वटा बस खरिद गर्न लागत स्टिमेट गरेर पठाइदिन यान्त्रिक कार्यालय जनकपुरलाई २०७६ पुस १७ गते पत्राचार गरेको थियो । पुस १८ गते कार्यालयले स्पेसिफिकेसन सहितको लागत स्टिमेटको प्रतिवेदन मन्त्रालयमा पठाएको थियो । सिक्स सिलिन्डरको ५० सीट भएका ५ वटा बस खरिदका लागि प्रतिबस ७० लाख रुपैयाँ भ्याट सहितको लागत अनुमान गरेर पठाइएको छ ।

प्रत्येक बसमा ‘सीट बेल्ट’ सहितको ३/२ को फोल्डिङ सीट हुने, वाइफाइको सुविधा हुने, ४० इन्चको एलइडी टेलिभिजन हुने, डेस्टिनेसन बोर्ड डिस्प्ले हुने, स्ट्यान्डर्ड रंगको बस हुने जनाइएको छ ।

बस सञ्चालनका लागि ६ करोडको बजेट 

बस सञ्चालन कस्तो मोडेलमा गर्ने भन्ने विषयमा सञ्चालन कार्यविधिका लागि मस्यौदा तयार भइसकेको छैन ।

जनकपुरदेखि राजविराजका लागि २ वटा, जनकपुरदेखि वीरगञ्जका लागि २ वटा र राजविराजदेखि वीरगञ्जका लागि एउटा बस सञ्चालन गर्ने सोच प्रदेश सरकारले बनाएको छ । कति कर्मचारी राख्ने, भाडा दर के राख्नेबारे कार्यविधिमा राखिने भएको छ । प्रदेश सरकारले त्यसका लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बस किनेर बाँकी रहेको रकम सेवा सञ्चालनका लागि जम्मा गरेर राखिने इन्जिनीयर यादवले बताए । ५ वटा बसका लागि १० जना चालक, १० जना सहचालक सहित विभिन्न किसिमका कर्मचारी भर्ना गरिनेछन् ।

‘भर्ना हुने सबै कर्मचारीलाई प्रदेश सरकारका कर्मचारीले पाउने सरह सेवासुविधा प्रदान गर्ने गरी भर्ना गरिनेछ,’ यादवले भने । वैशाखसम्म बस खरिद भएर आइसक्ने तथा जेठ महिनादेखि बस सञ्चालनमा आइसक्ने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x