×

NMB BANK
NIC ASIA

चीनबाट फर्किएकालाई ढाडस दिँदै स्वास्थ्यमन्त्रीले भने- चिन्ता नलिनुस्, सरकार तपाईहरुसँगै छ

फागुन ६, २०७६

NTC
Premier Steels

स्वास्थ्य तथा जनसंख्या भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका छन्।

Muktinath Bank

सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुबाट उनले त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फतभित्र रहेका नेपालीहरुसँग उनले सिसी क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गरे। 


Advertisment
Nabil box
Kumari

सो अवसरमा मन्त्री ढकालले क्वारेन्टाइनमा रहेका नेपालीसँग कुराकानी गर्दै सरकार तपाईसँगै रहेको र सबै सहयोग गर्न तयार रहेकाले नआत्तिन आग्रह गर्दै आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए। कन्ट्रोल कक्षबाट उनले भित्र रहेका नेपालीसँग यहाँको सेवा, सुविधा र समस्याकाबारेमा जानकारी लिएका थिए। 

Vianet communication

जवाफमा भित्र रहेका नेपालीले सरकारले पु¥याएको सहयोगको बारेमा धन्यवाद व्यक्त गर्दै आफूहरु पूर्णरुपमा स्वस्थ्य र सरकारले गरेको व्यवस्थाप्रति निकै खुशी रहेको प्रतिक्रिया दिए।

मन्त्री ढकालले माइकमार्फत सम्बोधन गर्दै ढुक्क भएर रहन र कुनै चिन्ता नलिन आग्रह गर्नुका साथै सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए।

सरकारले उद्धार गरिएका नेपाली क्वारेन्टाइनमा बस्दा सन्तुष्ट रहेको प्रतिक्रिया पाएको बताउँदै उनले क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीद्वारा उनीहरुको अवस्थाबारे थप जानकारी लिएका थिए। क्वारेन्टाइनस्थलमा खटिका नेपाली सेनाका सेनानी डा नवीन फुयाँलले चीनबाट फर्किएका नेपालीहरु शारीरिक, मानसिक सामाजिक रुपमा पनि स्वस्थ्य रहेको आफूले पाएको मन्त्री ढकाललाई जानकारी गराए।

कोरोना भाइरसको त्रासमा चीनमा कठिन दिन बिताएका नेपालीहरु आफ्नै देशमा फर्किएर क्वारेन्टाइन सरकारले व्यवस्था गरेको सुविधामा खुशी रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए।

सरकारले उद्धार गरेर ल्याएका १७५ मध्ये ४० जना महिला र दुई बालबालिका क्वारेन्टाइनमा रहेका छन्। आइतबार आएलगत्तै उनीहरुको स्वास्थ्य परीक्षण ¥याल परीक्षणका लागि सङ्कलन गरिएको थियो भने अहिले पनि नियमित रुपमा दिनको दुईपटक उनीहरुलाई दिएको थर्मोमिटरमार्फत आफैले ज्वरो नाप्ने र त्यसको रिपोर्ट लेखेर जानकारी दिने गरेका छन्।
क्वारेन्टाइनमा मेडिकल डाक्टरसहित सात जना स्वास्थ्यकर्मीको टोलीले खटिएर काम गरिरहेको छ । जसमा एकजना मानसिक रोगका डाक्टरसमेत छन् । 

ज्वरो आएमा तत्कालै जानकारी गराउन आग्रह गरिएको र त्यस्तो अवस्था आएमा तत्कालै तयारी अवस्थमा रहेको एम्बुलेन्समा राखेर आइसोलेसन वार्डमा पु¥याउने तयारी पनि भएको छ । तर त्यस्तो अवस्था आएको छैन। 

क्वारेण्टाइन व्यवस्थापनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी गरी २५० जनाको टोली खटिएको बताइएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x