×

NMB BANK
NIC ASIA

विदेशी नागरिकको विवरण संकलन गर्दै प्रहरी

फागुन ८, २०७६

NTC
Premier Steels

प्रहरीले काठमाडौं उपत्यकाभित्र बसोवास गर्ने नागरिकको गोप्य ढंगले विवरण संकलन सुरु गरेको छ । विशेषगरी विदेशी नागरिकलाई लक्षित गरेर विवरण संकलन गरिएको हो । 

Muktinath Bank

उपत्यकाभित्र बसोवास गर्ने विदेशी नागरिक शंकास्पद गतिविधिमा संलग्न पाइएपछि प्रहरी उनीहरूको विवरण संकलनमा लागेको हो । यसका लागि प्रहरीले मातहतका सबै युनिटलाई निर्देशन दिइसकेको छ । विदेशी नागरिकको बसोवास रहेको क्षेत्रका युनिटलाई बढी सक्रिय पारिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले नागरिकको विवरण संकलन कार्य भइरहेको बताए । ‘नागरिकको विवरण संकलनको काम प्रहरीले यसअघि नै थालेको हो । अहिले विशेषगरी विदेशी नागरिकको विवरण संकलन कार्यलाई तीव्रता दिइएको हो । यो काम मातहतका प्रत्येक युनिटले गरिरहेका छन्, सबैलाई निर्देशन गइसकेको छ,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

लाजिम्पाट, ठमेल, झम्सिखेल, महाराजगन्ज, रानीबारी, बालुवाटार, दरबारमार्ग, केशरमहल, बौद्ध, टुसाललगायत क्षेत्रमा विदेशी नागरिकको बसोवास बढी छ । प्रहरीका अनुसार यी क्षेत्रमा उनीहरूको गतिविधिमा पनि निगरानी राखिएको छ । ‘स्वदेशी हुन् या विदेशी, उनीहरूका गतिविधिमाथि प्रहरीको निगरानी हुनु स्वाभाविक हो । केही ‘कोर’ क्षेत्रमा भने प्रहरीको निगरानी अलि बढेको हो, यो प्रहरीको नियमित गतिविधिभित्र पर्छ,’ परिसर प्रमुख सुवेदीले भने ।

Vianet communication

शंकास्पद गतिविधिमा संलग्न पाइएपछि गत ७ पुसमा प्रहरीले काठमाडौंको बालाजु क्षेत्रबाट एक सय २२ चिनियाँ नागरिक पक्राउ गरेको थियो । त्यसलगत्तै गृह मन्त्रालयले प्रत्येक नागरिकको विवरण संकलन गर्न नेपाल प्रहरीलाई लिखित निर्देशन नै दिएको थियो । पक्राउ परेका सबै चिनियाँलाई सरकारले देशनिकाला गरिसकेको छ । त्यसबाहेक पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको अभियोगमा विदेशी नागरिक पक्राउ पर्दैै आएका छन् । विशेषगरी लागुऔषध तस्करीमा विदेशी नागरिक धेरै पक्राउ हुँदै आएका छन् । त्यस्तै, सुन तस्करी, हत्या, ठगी, साइबर अपराधमा पनि विदेशी नागरिकको संलग्नता रहेको प्रहरीको तथ्यांकले देखाउँछ ।  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x