कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
चिनियाँ सरकारले द वाल स्ट्रीट जर्नलका तीनजना पत्रकारको प्रेस पास रद्द गरेको र पाँच दिनभित्र देश छोडेर जान भनेको घोषणा बुधवार गरेको छ । विदेशी मिडियाका प्रतिनिधिलाई यसरी ठूलो संख्यामा निकालिएको विगत ३० वर्षमा यो पहिलो अवसर हो ।
अमेरिकी पत्रिका द वाल स्ट्रीट जर्नलका सम्पादक म्याट मरेले यो ‘कठोर र अभूतपूर्व कारवाही’ भएको बताए र आफूहरूले यसलाई उल्ट्याउनका लागि काम गरिरहने बताए ।
कोरोनाभाइरस रोक्नका लागि चीनको व्यवस्थापनमाथि अन्तर्राष्ट्रिय निगरानी बढेको बेलामा यसरी पत्रकार निकालिएको हो । पत्रिकाका एक संवाददाता चाओ देङ अहिले वुहानमा छिन् र कोरोनाभाइरसको कथा बताउने क्रममा उनले आफ्नो स्वास्थ्यलाई समेत दाउमा राखेकी छन्, मरेले आन्तरिक परिपत्रमा बताए ।
प्रेस ब्रीफिङमा बोल्दै चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता गेङ शुआङले पत्रिकामा आएको एक आलेखका कारण पत्रकारको प्रेस पास खोसिएको बताए । उक्त आलेखको शीर्षक थियो– चीन एसियाको वास्तविक बिरामी मान्छे हो ।
‘सम्पादकहरूले जातिविभेद हुने किसिमको शीर्षक राखे र यसले चिनियाँ जनतामा तथा अन्तर्राष्ट्रिय समुदायलाई चिढ्याएको छ,’ गेङले भने।
पत्रकार निकालिएको विषयमा छापिएको एक लेखमा द वाल स्ट्रीट जर्नलले देङ, संवाददाता फिलिप वेन र डेपुटी ब्यूरो चीफ जोश चिनलाई देश छोडेर जान पाँच दिनको समय दिइएको लेखेको छ ।
चिनियाँ अधिकारीहरूले चीनमा रहेका विदेशी सञ्चारमाध्यमप्रति असन्तुष्टि जनाउन वा दबाब दिन भिसामा नियन्त्रण गर्ने गरेको छ ।
तर अन्तर्राष्ट्रिय पत्रकारलाई देशनिकाला गर्ने कदम अलि असाधारण किसिमकै छ ।
सीएनएनबाट
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...