×

NMB BANK
NIC ASIA

राष्ट्रपतिद्वारा पशुपतिमा पूजा आराधना

फागुन ९, २०७६

NTC
Premier Steels

महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गर्नुभएको छ ।

Muktinath Bank

आज साँझ पशुपतिनाथ मन्दिर पुग्नुभएकी राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, सदस्य–सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, कोष सञ्चालक परिषद्का सदस्यलगायतका कर्मचारीले स्वागत गर्नुभएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पशुपति दर्शन विधिअनुसार मूलमन्दिर प्रवेश गरी राष्ट्रपति भण्डारीले पूजा आराधना एवं दर्शन गर्नुभएको कोषका सदस्य–सचिव ढकालले राससलाई जानकारी दिनुभयो । पशुपतिनाथका मूल भट्ट रावल गणेश भट्टले राष्ट्रपति भण्डारीलाई पशुपतिनाथको फूल प्रसाद दिनुभएको थियो ।


Advertisment
Nabil box
Kumari

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुन पनि पशुपतिनाथ मन्दिर जानु भई पूजा आराधना एवं दर्शन गर्नुभएको थियो । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने प्राचीन परम्परा छ । पशुपतिनाथ मन्दिर दर्शनका लागि लाइनमा बस्नेलाई आज रातभर पनि ढोका खुला रहने कोषले जनाएको छ ।

Vianet communication

लाइनमा बस्ने भक्तजन सकिएपछि विशेष पूजाका लागि रसिद लिएका भक्तजनबाट पूजा आराधना गराइने छ । महाशिवरात्रिका दिन रात्रिकालको विशेष पूजाका लागि ३०० भन्दा बढी भक्तजनले रसिद काटेको कोषका कार्यकारी निर्देशक डा खतिवडाले जानकारी दिनुभयो । आज बिहान २७ जना र दिउँसो करिब ९० जना भक्तजनले पशुपतिनाथ मन्दिरमा विशेष पूजा गराएका थिए ।

दिउँसो धेरै भक्तजनको भीड लाग्ने भएकाले विशेष पूजाको धेरै रसिद नकाटिएको कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा बिहीबारदेखि नै देश विदेशका भक्तजनको पशुपति क्षेत्रमा भीड लागेको थियो । साधुसन्त भने बुधबारदेखि नै पशुपति क्षेत्रका विभिन्न स्थानमा बसेका छन् । यसवर्ष करीब चार हजार साधुसन्त पशुपति क्षेत्रमा आएका छन् ।

करीब ४०० भन्दा बढी नागा बाबा फागुन कृष्ण एकादशीदेखि पशुपति मूलमन्दिर परिसरमै बसेका छन् । पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा आएका सबै साधुसन्तलाई फागुन कृष्ण औँसीका दिन गुठी संस्थान र कोषले दान दक्षिणासहित बिदाइ गर्ने जनाइएको छ ।

पशुपति क्षेत्र र टेकु एवं थापाथली क्षेत्रका विभिन्न अखडामा बसेका साधुसन्तलाई संस्थान तथा कोषले खाने एवं धुनीका लागि दाउरा दिएको संस्थान पशुपति गोश्वारा कार्यालय प्रमुख उमा आचार्यले बताउनुभयो । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आएका भक्तजनलाई दिउँसोदेखि परेको पानीले प्रभावित बनाएको थियो । यसवर्ष विशेष सजावट गरिएकाले सामान्य पानी भने मूल मन्दिर वरपरको क्षेत्रमा छेकिएको देखिन्थ्यो ।

विगतभन्दा पशुपतिमा शिवरात्रि मेला व्यवस्थित देखिए पनि स्वयंसेवक र सुरक्षाकर्मीले आफ्ना मान्छे छिराएर लाइनमा बस्नेलाई दुःख दिएको गुनासो पनि भक्तजनको थियो । राष्ट्रपतिको समाचार सङ्कलनका लागि पशुपति क्षेत्र पुगेका केही सञ्चारकर्मीलाई समेत सुरक्षा निकाय र स्वयंसेवकले मूल प्रवेशमै रोकेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x