काेराेना  ‘ठूलो स्वास्थ्य संकट’ : चिनियाँ राष्ट्रपति

चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण चीनमा कम्युनिष्ट पार्टीको शासन सुरू भएपछिको ‘सबैभन्दा ठूलो स्वास्थ्य संकट’  भएको बताएका छन्।

याे भाइरसका कारण चीनमा २ हजार ४ सयभन्दा बढीको ज्यान गइसकेकाे छ।


Advertisement

संक्रमण नियन्त्रणका लागि चीनले देखाएको तदारूकताबीच पनि रोगलाई नियन्त्रणमा ल्याउन कठिनाई भएकोतर्फ संकट गर्दै उनले भने, 'चीनले ‘सतहमा देखिएको प्रष्ट कमजोरी’ बाट सिक्नु जरूरी हुनेछ।'

चीनको राज्य सञ्चलित टेलिभिजन च्यानल सीसीटीभीले प्रशारण गरेको रिपोर्टमा बताइए अनुसार सीले भने, 'कोभिड-१९ को प्रकोप शीघ्र र ठूलो क्षेत्रमा भएका कारण यसको रोकथाम तथा नियन्त्रणमा निकै कठिनाई भएका हो। यो हाम्रा लागि एउटा सङ्कट अनि ठूलो परीक्षण हो।'


Advertisement

सीले कोरोना भाइरस सङ्क्रमणको महामारीले ‘निश्चितरूपमा अर्थतन्त्र र समाजलाई व्यापक असर पार्ने’ बताए।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्