×

NMB BANK
NIC ASIA

पानीजहाज कार्यालयको बेहाल : ७ महिनादेखि प्रमुखविहीन, १ वर्षसम्म बनेन कानून

फागुन १५, २०७६

NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकालको शुरूआती दिनमा रेल र पानीजहाजका चर्का कुरा गरे । पानीजहाजको प्रसङ्ग ओलीको भाषणमा मात्रै सीमित भएन, सरकारले छुट्टै पानीजहाज कार्यालय नै स्थापना गर्‍यो ।

Muktinath Bank

गत वर्ष फागुन २ गते ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब केही महिनाभित्रै पानीजहाजको टिकट काट्न पाइने बताएका थिए । तर यसपालि फागुन २ गते कार्यालय खुलेको १ वर्षभइसक्दासम्म टिकट काट्ने यकिन मितिको अत्तोपत्तो छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पानीजहाज कार्यालय उद्घाटन गर्दै ओलीले भनेका थिए, ‘केही महिना पर्खनूस्, टिकट नै काट्न पाइन्छ । तपाईंका साथीभाइलाई पनि ढुक्कसँग भनिदिनूस् ।’


Advertisment
Nabil box
Kumari

कार्यालय उद्घाटन भएको १ वर्षपछि फर्केर हेर्दा पानीजहाज कार्यालयको बेहाल देखिएको छ । गत भदौ १ गतेदेखि कार्यालय प्रमुखविहीन भएको छ भने पानीजहाज कार्यालयका काम गर्न आवश्यक कानून समेत बनेको छैन ।

Vianet communication

कार्यालय प्रमुखविहीन, कर्मचारी अभाव

तत्कालीन कार्यालय प्रमुख ऋषिराज कोइरालाले भदौ १ गते अनिवार्य अवकाश पाएदेखि कार्यालय प्रमुखविहीन छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको पानीजहाज कार्यालयमा सरकारले हालसम्म कार्यालय प्रमुख पठाएको छैन । प्रमुख नहुँदा हाल निमित्त कार्यालय प्रमुख भएर सिनियर डिभिजन इन्जिनीयर (सीडीई) विपिनराज भण्डारीले कार्यभार सम्हालिरहेका छन् । कार्यालय प्रमुख राजपत्रांकित प्रथम श्रेणी (प्राविधिक सहसचिव) हुनुपर्ने दरबन्दी रहेको छ ।

कार्यालयमा १६ जना कर्मचारीको दरबन्दी भएपनि ११ जना मात्रै कार्यरत रहेका कार्यालयका प्रशासन प्रमुख तथा सूचना अधिकारी बल्लभ विष्टले बताए । कार्यालयमा दरबन्दी हुनुपर्ने सिभिल इन्जिनीयर र कानून अधिकृतको पद शुरूदेखि नै रिक्त रहेको छ ।

१ वर्षसम्म बनेन कानून 

कार्यालयले पानीजहाज सम्बन्धी नीतिनियम र कानून बनाउने प्रक्रिया अगाडि बढाएको सूचना अधिकारी विष्टले बताए । ‘अहिले हामीले नीतिगत कामलाई अगाडि बढाएका छौं । नीतिगत काम सम्पन्न नहुने बेलासम्म अरु कामहरू अगाडी बढेको छैन,’ सूचना अधिकारी विष्टले भने ।

पानीजहाज सञ्चालन सम्बन्धी विधेयक बनाउन कार्यालयको सक्षमता नपुग्ने भएपछि परामर्शदातालाई नियुक्त गरेर काम गरिएको उनले बताए । विधेयकको मस्यौदालाई रायसुझावका लागि मन्त्रालयले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको छ । मन्त्रालयहरूबाट विधेयकको मस्यौदामा रायसुझाव प्राप्त भएपछि मात्रै यातायात मन्त्रालयले मन्त्रिपरिषद्मार्फत विधेयक संसदमा पेश गर्ने कार्यालयले जनाएको छ ।

‘सुनसरीको चतरादेखि भोजपुरसम्म सञ्चालन भएको आन्तरिक जल यातायातमा भाडाको विषयलाई लिएर विवाद हुँदा सरोकारवाला पानीजहाज कार्यालयमा आएका थिए, हामीसँग त्योसँग सम्बन्धित नीति नै नभएको अवस्थामा मिलाएर गर्नुस् भनेर पठाइदियौं,’ सूचना अधिकारी विष्टले भने ।

पानीजहाज सञ्चालन सम्बन्धी आवश्यक कानून नबनी कार्यालय सञ्चालनबाहेक धेरै काम गर्ने अवस्था नरहेको बताउँदै विष्टले प्रभू ग्रूपले पानीजहाज सञ्चालन गर्न इच्छुक रहेकाले छिटो कानूनी प्रक्रिया पूरा गर्न अनुरोध गरेको बताए ।

सम्भाव्यता अध्ययन गरिँदै

पानीजहाज कार्यालयमा चालू आर्थिक वर्षको लागि ९ करोड रुपैयाँ बजेटको व्यवस्था छ । कार्यालयले आन्तरिक जल यातायात सञ्चालनको सम्भाव्यता अध्ययन गर्न २ वटा बोलपत्र आह्वान गर्ने काम गरेको छ ।

चालू आर्थिक वर्षमा स्याङ्जाको राम्दीदेखि देवघाटसम्म आन्तरिक जल यातायातको सम्भाव्यता अध्ययनको लागि बोलपत्र आह्वान गरेको छ । सम्भाव्यताको अध्ययनको लागि संस्थाको छनौट गर्ने प्रक्रिया अगाडि बढेको र अध्ययनको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने कार्यालयका सूचना अधिकारी विष्टले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x