×

NMB BANK
NIC ASIA

प्रथम गौतमबुद्ध कप टी–२० प्रतियोगिता शुरू

फागुन १६, २०७६

NTC
Premier Steels

भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशालामा खुला तथा वडास्तरीय प्रथम गौतमबुद्ध कप टी–२० क्रिकेट प्रतियोगिता शुरू भएको छ ।

Muktinath Bank

रङ्गशाला निर्माण सहयोगार्थ बिहीबारबाट शुरु भएको प्रतियोगिताको राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानद्वय राजु खड्काले ब्याटिङ र विनोद दास बलिङले गरी संयुक्तरूपमा शुभारम्भ गरे। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 भरतपुर महानगरपालिका शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले राष्ट्रकै गौरवको रूपमा निर्माण भइरहेको रङ्गशालामा यस किसिमको प्रतियोगिता आयोजना हुँदा क्रिकेटको माहोल बढ्ने बताए।


Advertisment
Nabil box
Kumari

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान  खड्काले  वडास्तरबाटै प्रतिभावान खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिता आयोजना गर्न जरुरी रहेको बताए। 

Vianet communication

राष्ट्रिय क्रिकेट टोलीका अर्का पूर्वकप्तान तथा अण्डर–१९ टोलीका प्रशिक्षक दासले पर्यटकीय क्षेत्रको रूपमा चिनिने चितवनलाई अब क्रिकेटको हबको रूपमा विश्वले चिन्ने बताए।

कार्यक्रममा भरतपुर–२१ का वडाध्यक्ष तथा भरतपुर महानगरपालिका युवा तथा खेलकूद समिति संयोजक चित्रसेन अधिकारी, प्रतियोगिताको प्रमुख प्रायोजक सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिका प्रबन्ध निर्देशक यज्ञविलास पौडेल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भरतपुर महानगरपालिका–१५ का अध्यक्ष आकाश थापा, नेपाली काँग्रेसका अमृत बाँनियालगायतले  भरतपुरलाई क्रिकेट खेलको केन्द्र बनाउन जोड दिएका थिए ।

प्रतियोगिताको आयोजक संस्था चितवन आदर्श युवा क्लबका संयोजक पुष्पराज आचार्यको संयोजकत्व तथा क्लबका अध्यक्ष उमाकान्त आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्वकप्तान खड्कालाई सम्मान गरिएको थियो ।
 
प्रतियोगितामा आयोजक चितवन आदर्श युवा क्लब ‘बी’ ले विजयी शुरुआत गरेको छ । प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा भरतपुर–५ लाई ५४ रनले पराजित गर्दै आयोजक ‘बी’ ले विजयी शुरूआत गरेको हो ।

निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा आयोजक ‘बी’ ले दिएको १४६ रनको लक्ष्य पछ्याएको भरतपुर–५ ले १८ ओभरमा ९१ रन मात्र बनायो । प्रतियोगितामा महानगरका २८ टोलीले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले रु एक लाखसहित ट्रफी तथा उपविजेताले रु ५० हजारसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x