प्रचण्ड सुकुटेमा

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् । 

शुक्रवार बिहानको राजनीतिक भेटघाटपछि चितवन पुगेका प्रचण्ड त्यतैबाट सुकुटे हान्निएका हुन् ।


Advertisement

शनिवार हुने सुकुटे महोत्सव उद्घाटन गर्न प्रचण्ड त्यहाँ पुगेको उनका प्रेस सल्लाहका विष्णुप्रसाद सापकोटा 'जुगल'ले बताए । 

राजनीतिमा कुनै 'ट्वीस्ट र टर्न' आउनेबित्तिकै प्रचण्ड सिन्धुपाल्चोकको सुकुटे पुग्ने गरेका छन् ।


Advertisement

प्रचण्डको शुक्रवारको सुकुटे यात्राले नेपालको राजनीतिमा केही महत्त्वपूर्ण घटना हुने संकेत दिएको छ ।

प्रचण्डलाई सुकुटे यात्रामा प्रायःजसो उनीनिकट नेता अग्निप्रसाद सापकोटाले साथ दिने गर्दथे ।

सापकोटा सभामुख बनेपछि यसपालि प्रचण्ड एक्लै सुकुटे पुगेका हुन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्