×

NMB BANK
NIC ASIA

'बागी ३' फिल्म समीक्षा : रद्दी कथा, धाँसु याक्सन

फागुन २३, २०७६

NTC
Premier Steels

निर्माता साजिद नाडियडवालाले एउटा कथा सोचे, फरहाद सामजीले त्यसमा एउटा बकवास पटकथा लेखे अनि हलिउडको फक्स स्टारले नाडियाडवालालाई लगानी गराएर फिल्म बनायो । बागी ३ फिल्म बनाउनुको कथा यत्ति हो । 

Muktinath Bank

नृत्य निर्देशकबाट फिल्म निर्देशक बनेका अहमद खानले यस फिल्मको याक्सनमा ज्यान छ भनेका थिए तर फिल्ममै ज्यान नभएपछि याक्सनलाई हेरेर के गर्नु ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्ममा प्रहरी अधिकारी दाइलाई बचाउन भाइ आएको कथा छ जुन पचाउन अलि गाह्रै पर्छ । दाइलाई बचाउन भाइ सिरिया पनि पुग्छ र आतंकवादीहरूको फौजको सामना गर्छ । 


Advertisment
Nabil box
Kumari

अनि फिल्मकी नायिकाको सियाको कुनै काम छैन । उनी नभए पनि फिल्मको कथालाई कुनै फरक पर्दैन । 

Vianet communication

लगभग ७० करोड भारुमा बनेको बागी ३ भारतमा लगभग ४५ सय स्क्रीनमा रिलिज भएको छ । त्यसैले फिल्मको पहिलो दिनको व्यापार राम्रै हुने देखिन्छ । तर सप्ताहान्त सकिएपछि सोमवारदेखि फिल्मको व्यापार घट्न सक्छ । 

फिल्मको सबभन्दा कमजोर पक्ष नै यसको कथा हो जुन प्रेरित छ आठ वर्षअघि आएको तमिल फिल्म वेट्टाईबाट । वेट्टाईको कथालाई सिरिया पुर्‍याएपछि बागी ३ मा स्थानीयता हराएको छ । 

फिल्मको निर्देशन कमजोर छ । अहमद खानले कुनै पनि पात्रलाई राम्रोसँग स्थापित गर्न सकेका छैनन् । टाइगर श्रोफ फिल्ममा जतिखेर पनि चिच्याइरहेका हुन्छन् । रितेश देशमुखले कथाको एक मोडलाई उत्प्रेरित गर्छन् तर त्यसबाहेक उनको कुनै काम छैन । श्रद्धा कपूरले फिल्मको कथामा कुनै योगदान गर्दिनन् र यस्तो रोल लिन थालिन् भने उनले करीयरलाई कतै पनि पुर्‍याउँदिनन् । जमील खौरीको उपस्थितिले चाहिँ पर्दामा डर उत्पन्न गराउँछ । 

रद्दी कथा, झूर निर्देशन बाहेक फिल्मको गीतसंगीतले पनि दर्शकलाई बोर गर्छ । रिमिक्स गीत हालेर फिल्म निर्माताले यूट्युबमा भ्युज त पाए होलान् र फिल्म चल्दै गर्दा यी गीतले झ्याउ लगाउँछन् । 

फिल्मको याक्सन सीनहरू चाहिँ गजबका छन् । निर्देशक अहमद खानले याक्सन सीनहरू आफैंले बनाएका हुन् र उनको कला त्यहीँ मात्र देखिन्छ । तैपनि याक्सन सीनहरूले हलिउड फिल्मको झल्को दिन्छन् । वन्डर वुमन हेर्नुभएको छ भने याक्सन सीनहरु हुबहु उठाइएको पाउनुहुनेछ ।  

टाइगर श्रोफको भक्त हुनुहुन्छ भने यो फिल्म हेर्नुस्, नभए पैसा बर्बाद नगर्नुस् ।

फिल्म : बागी ३
कलाकार : टाइगर श्रोफ, श्रद्धा कपूर, अंकिता लोखण्डे, दिशा पाटनी, रितेश देशमुख, जमील खौरी आदि । 
निर्देशक : अहमद खान
विधा : याक्सन
रेटिङ : २/५

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x