इन्स्टाग्राममा करिनाको डेब्यु

अहिलेसम्म सोसल प्लेटफर्मबाट टाढा रहेकी करिना कपुरले इन्स्टाग्राममा डेब्यु गरेकी छन्। एक दिनपहिले बनेको उनको अकाउन्टमा उनका दुई तस्बिर देखिए। प्रोफाइलमा करिनाले आफ्नो बाल्यकालको फोटो राखेकी छन्। अर्को फोटोको क्याप्सनमा उनले लेखेकी छन्, ‘बिरालो ब्यागबाट बाहिर आयो। हालो इन्स्टाग्राम।’

इन्स्टाग्राम डेब्युको बारेमा करिनाले भनिन्, ‘म फोटो सेयर गर्ने मुडमा थिइनँ तर पछि मलाई लाग्यो कि समयको साथ चल्नुपर्छ।’ करिनाको फिल्म ‘अंग्रेजी मिडियम’ १३ मार्चमा रिलिज हुँदैछ। उनी आमिर खानको फिल्म लाल सिंह चड्‌ढामा पनि देखिने छन्। करिनाको इन्स्टाग्राम डेब्युमा दिदी करिश्माले पनि स्वागत गरेकी छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।


Advertisement


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्