×

NMB BANK
NIC ASIA

कांग्रसमा किचलो

कांग्रेसमा स्थापित हुँदै ३ गुटको अस्तित्व : सिटौलाको मुभले देउवा मख्ख, पौडेललाई 'धक्का' !

फागुन २६, २०७६

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र संस्थापन र संस्थापनइतर पक्षको विवाद नौलो होइन । बेलाबेलामा दुवै समूहको टकराव सतहमा आउने गरेता पनि पछिल्लो समय उक्त विवाद उत्कर्षमा पुगेको छ । कांग्रेसकै कतिपय नेताहरूले विगत ४ वर्ष यताकै ठूलो अविश्वासको संकटमा कांग्रेस फसेको निष्कर्ष निकालेका छन् । 

Muktinath Bank

पछिल्लो समयमा कृष्णप्रसाद सिटौलाले छुट्टै टीम बनाएर महाधिवेशनमा भिड्ने योजना तयार पारेका छन् । १३ औं महाधिवेशनपछि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका २ गुटको मात्र हिसाबकिताब हुने कांग्रेसमा सिटौला गुटको 'कमब्याक' भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी फागुनमा हुने भनिएको १४औं महाधिवेशनमा नेतृत्व कब्जा गर्ने लक्ष्य लिएर कांग्रेसका तीनवटै समूह भिडेका देखिन्छन् । सभापति देउवाले केन्द्रीय समितिमा सुविधाजनक बहुमतको प्रयोग गरेर भटाभट विभाग गठन गर्न थालेपछि विरोधी पक्षले महाधिवेशनलाई प्रभावित पार्न खोजेको आरोप लगाइरहेको छ । 


Advertisment
Nabil box
Kumari

यद्यपि विभाग गठनको विषयलाई लिएर सिटौलाले अहिलेसम्म औपचारिक रूपमा मुख खोलेका छैनन् । देउवाविरुद्धको मोर्चाबन्दीमा पौडेललाई साथ दिएका सिटौलाले आफू सभापतिको उम्मेदवार हुने गरेर तयारी थाल्नुलाई अर्थपूर्ण मानिएको छ । 

Vianet communication

वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी महाधिवेशनमा देउवाविरुद्ध मोर्चाबन्दी हुने घोषणा गरिसकेका छन् । उनले विभिन्न सञ्चार माध्यमहरूमार्फत सभापति देउवासँग कुनै नैतिकता नभएको भन्दै वाकयुद्धको शुरूवात गरेका हुन् । 

'पार्टीभित्र एकलौटी चल्दैन, यो एकलौटीविरुद्ध हामी मोर्चाबन्दी गरेर अघि बढ्छौं,' वरिष्ठ नेता पौडेलले लोकान्तरसँग भने, 'विधानले तोकेबमोजिक काम गर्दै गइरहेको भए केही समस्या आउने थिएन । महाधिवेशन नै प्रभावित पार्ने काम भएको छ । यसलाई टुलुटुलु हेरेर बस्न सक्दैनौं ।'

वरिष्ठ नेता पौडेलको भनाइलाई आधार मान्ने हो भने कांग्रेस प्राविधिक रपमा एक भएपनि भावनात्मक रूपमा फरक–फरक पार्टीहरूको कार्यगत एकता जस्तो देखिन्छ । तीन वटै गुटको लक्ष्य चाहिँ आगामी महाधिवेशनमा पार्टी कब्जा गर्नु हो । 

पौडेलले आफूहरू भागबण्डाको राजनीति नगरेको दाबी गर्छन् । 'अहिले पनि यति तपाईंहरूले लैजानुस् भनेर भनिरहनु भएको छ,' पौडेलले भने, 'तर यो प्रतिशतको खेल होइन । कांग्रेस नै सिद्धियो भने प्रतिशतको के काम ? हामी समग्र कांग्रेसको हितमा लागिरहेका छौं । उहाँहरूले एकलौटी बन्द गर्नुपर्छ ।'

बहिष्कारको सिलसिला 

गत पुसको तेस्रो साता जिल्ला सभापतिहरूको भेला बोलाएर संस्थापनलाई चुनौती दिएको पौडेल पक्षले गत बुधवार प्रशिक्षणका लागि आएका जिल्ला उपसभापतिहरूलाई नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बोलाएर बैठक बहिष्कार गर्न निर्देशन दियो । 

पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले क्रियाशील सदस्यलाई प्रशिक्षण दिने तयारीस्वरूप काठमाडौंमा उपसभापतिहरूको भेला डाकेको थियो । भेलामा पौडेल पक्षले बहिष्कारको रणनीतिअनुसार नै आफूतिर रहेका उपसभापतिहरूलाई सहभागी नहुन निर्देशन जारी गरेको थियो । 

पौडेल पक्षले बहिष्कार गरेको यो पहिलोपटक होइन । यसअघि मङ्सिर २६ गतेदेखि नै पौडेल पक्षले पार्टीभित्र बहिष्कारको रणनीति अख्तियार गरेको थियो । त्यतिबेला पौडेल पक्षले महाधिवेशनको कार्यतालिका माग्दै आएको थियो तर देउवाले हठात् २८ वटा विभागको संख्या बढाएर ४७ वटा बनाउने प्रस्ताव ल्याए । त्यसपछि पौडेल पक्ष हच्कियो र त्यसयताका कुनै औपचारिक बैठकमा सामेल नहुने नीति लियो । 

पौडेल पक्षको बहिष्कारका बावजुद् पुस ११ गते बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक गर्‍यो । कार्यतालिका सार्वजनिक गरेसँगै क्रियाशील सदस्यतासम्बन्धी विधानका कतिपय धाराहरू केन्द्रीय समितिको बहुमतका आधारमा निलम्बन गरिए । 

त्यसपछि पौडेल पक्षले पुस ११ गतेका निर्णयहरू सच्याउनुपर्ने माग राख्यो । कुनै पनि औपचारिक बैठकमा नजाने निर्णय गर्‍यो । तर माघ लाग्दा नलाग्दै दुवै समूहबीच सहमतिका लागि अन्तिम प्रयास गरिए । पुसको अन्तिमदेखि सहमतिका लागि चालिएका प्रयासहरूले १३ गते मूर्त रूप लिए । 

माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशनको मिति यथावत राखेर अन्य अधिवेशनको मिति हेरफेर गर्ने र बहुमतका आधारमा निलम्बन गरिएका धाराहरू फिर्ता गर्ने सहमति गर्‍यो । त्यसपछि पौडेल पक्षले बहिष्कारको रणनीति त्याग्यो । 

कतिपय नेता भने भागबण्डा पाएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल लचक भएको आरोप लगाउँछन् । तर उक्त आरोपको खण्डन गर्दै पौडेल भन्छन्, 'हामीले भागबण्डा खोजेका होइनौं । त्यतिबेला मुद्दामा सहमति भएको हो ।

क्रियाशील सदस्यता छानबिन गर्ने समिति बनाउने, अधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्ने लगायतका कुराहरूमा सहमति भएपछि हामी बैठकमा सहभागी हुन तयार भएका हौँ ।'

अहिले पुनः पौडेल पक्षले बहिष्कारको रणनीतिलाई अगाडि बढाउने भएको छ । उपसभापतिहरूलाई केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गेरको कार्यक्रममा सहभागी हुनबाट रोकेर पौडेल पक्षले पुनः बहिष्कारको शुरूवात गरेको हो । 

तर वरिष्ठ नेता पौडेलले बैठक बहिष्कार नगर्ने बताएका छन् । 'अधिवेशन सम्पन्न गर्नका लागि हरेक मिटिङमा सहभागी हुन्छौं,' उनले भने । 

पौडेलले गुमाए सिटौलाको साथ

सभापति देउवाविरोधी मोर्चामा शुरूदेखि नै वरिष्ठ नेता पौडेलनजिक देखिएका कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले पछिल्लो समयमा पौडेलको साथ छोडेका छन् । 

आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वारी दिने तयारीमा सिटौला लागिरहेको उनीनिकट स्रोतले बतायो । 

'उहाँ (सिटौला) आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वारी दिने तयारीका साथ छुट्टै अभियानमा लाग्नुभएको छ,' सिटौलानिकट स्रोतले लोकान्तरलाई भन्यो, 'त्यही तयारीस्वरूप उहाँ जिल्ला दौडाहामा जानुभएको छ ।' 

देउवाको नेतृत्वमा कांग्रेस अघि बढ्न नसक्ने र पौडेल पक्षका नेताहरू आफैं विभाजित भएको अवस्थामा सिटौला छुट्टै ढंगले अघि बढ्न खोजेका हुन् । यतिबेला सिटौला आफ्नो गृहजिल्लामा कार्यक्रम गर्न व्यस्त छन् । 

सिटौलानिकट स्रोतका अनुसार युवानेता गगन थापा र प्रदीप पौडेल पनि सिटौलाकै अभियानका सारथि छन् । 'उहाँले कांग्रेसलाई नयाँ वर्षको सरप्राइज गिफ्टका रूपमा महाधिवेशनका लागि छुट्टै टीम घोषणा गर्नुहुनेछ,' स्रोतले भन्यो । 

केही दिनअघि एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै पौडेलले गगन र प्रदीप आफूसँगै भएको र उनीहरूको उचित व्यवस्थापन गरिने बताएका थिए । 

१३औं महाधिवेशनमा तीन गुट होमिएको थियो । त्यतिबेला सिटौला समूह निर्णयाक थियो । शुरूको चरणमा देउवा र पौडेल दुवैले सभापतिका लागि आवश्यक ५१ प्रतिशत मत ल्याउन नसकेपछि भएको दोस्रो चरणको चुनावमा सिटौलाले देउवालाई सहयोग गरेका थिए । 

गत सोमवार गृहनगर झापा पुगेर सिटौलाले कांग्रेसभित्र आफ्नो छुट्टै अस्तित्व रहेको आभास दिए । उनले भने, 'म सभापतिको उम्मेदवार होइन भन्ने भ्रम आजै त्यागिदिनुस् ।' उनले आफू १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुने भाषणका क्रममा स्पष्ट पारेका थिए । 

त्यसो त केन्द्रीय विभागहरूमा देउवाको तर्फबाट भएका नियुक्तिबारे सिटौलाले औपचारिक रूपमा मुख खोलेका छैनन् । सिटौलानिकट नेताहरूले पार्टीभित्रका खुद्रे विवादमा अब हात नहाल्न उनलाई सुझाएका छन् । बरू अहिल्यैदेखि आफू सभापति बन्ने गरी महाधिवेशनको तयारीमा लागे फाइदा हुने उनको बुझाइ छ । 

सभापतिमा पौडेल समूह अझै अनिर्णित 

वरिष्ठ नेता पौडेलले आफ्नो समूहबाट सभापति को बन्ने भन्ने कुरा अझै निर्णय नभइसकेको बताएका छन् । 'अहिल्यै सभापतिको दाबेदार यो हो भन्ने स्थितिमा म छैन, धेरै साथीहरूको सभापति बन्न पाए हुन्थ्यो भन्ने इच्छा होला,' शनिवार एक टेलिभिजनसँग कुरा गर्दै पौडेलले भनेका थिए । 

उनले अहिलेको मोर्चाबन्दी सभापति देउवाविरुद्धको भएको बताए । 'यो सभापतिविरुद्धको विमति हो । समय आएपछि हामीले हाम्रो सभापति को हुने भन्ने विषय टुंगो लगाउनेछौं,' पौडेलले भने । 

संस्थापन पक्षले देउवालाई नै सभापतिको उम्मेद्वारीमा उठाउने कुरा लगभग निश्चित छ । यता सिटौलाले पनि आफू सभापतिको उम्मेदवार बन्ने बताइसकेका छन् । तर पौडेल समूहमा सभापति को बन्ने भन्ने अझै टुंगो लागेको छैन । 

सिटौला अलग भइसकेपछि भने संस्थापन पक्ष खुशी देखिएको छ । 'पौडेल समूह धेरै समय टिक्ने समूह नै होइन,' देउवानिकट एक नेताले लोकान्तरलाई भने, 'त्यहाँ ठूलो स्वार्थको द्वन्द्व छ । सिटौला अलग्गिएर गए, त्यस्तै गरेर अरू नेताहरूले पनि बिस्तारै पौडेललाई छोड्ने क्रम शुरू हुन्छ । आफ्नै गुटको व्यवस्थापन गर्न नसक्नेले पूरै कांग्रेस व्यवस्थापन गर्छु भन्दै हिँडेर पनि हुन्छ ?'

ती नेताको भनाइलाई आधार मान्ने हो भने सभापति देउवाले आफूइतरको समूहलाई फुटाउने रणनीति अख्तियार गरेका छन् । आफ्नो ४ वर्षे कार्यकालको अन्तिममा आएर देउवाले धमाधम विभागहरू गठन गर्ने, केन्द्रीय समितिमा मनोनयन गर्ने र पौडेल पक्षका नेताहरूलाई आफूतिर तान्ने काम गरिरहेका छन् ।

पौडेलका नेता चोर्न विभागको संख्या बढाएको होइन - गोपालमान श्रेष्ठ 

कांग्रेसमा संगठन विभागको जिम्मेवारी पाएका पूर्व उपसभापति गोपालमान श्रेष्ठ पौडेल समूहले १३औं महाधिवेशनमा पाएको मतका आधारमा भागबण्डा स्वीकार्नुपर्ने बताउँछन् ।

'उनीहरूले जति मत पाएका थिए, त्यसै अनुसार जिम्मेवारी लिए समस्या समाधान भइहाल्छ नि !' लोकान्तरसँग श्रेष्ठले भने, 'विगत साढे ३ वर्षदेखि हामीले नाम मागेको माग्यै छौं, उताबाट आउँदैन, के गर्नु त अब ?'

श्रेष्ठले अहिले विभागहरूमा धमाधम नियुक्ति गरेर नेता कार्यकर्ता व्यवस्थापन गर्ने हो भने मात्र आगामी निर्वाचन जित्न सकिने दाबी गरे । पौडेल समूह पनि छिट्टै सहमतिमा आउने उनको विश्वास छ । 

श्रेष्ठले पौडेल समूहका नेताहरू चोर्न विभागको संख्या धेरै नबनाएको बताए । 'हामीले चोर्न सक्ने त्यति कमजोर नेताहरू त उहाँहरूसँग छैनन् होला,' श्रेष्ठले हाँस्दै भने, 'हाम्रो महामन्त्रीको उम्मेदवार अर्जुननरसिंह केसी पनि त उहाँहरूसँग हुनुहुन्छ । यो त्यस्तो कुरै होइन । मुद्दाका आधारमा नेताहरू एक हुने, अलग हुने कुरा लोकतान्त्रिक पार्टीमा नौलो होइन ।'

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x