स्वास्थ्य स्थितिका बारेमा सोध्दा रिसाएका चालकले गाडी लगेर शपिङ सेन्टरमा ठोके (भिडियो)

चीनमा एक गाडीचालकले स्थानीय स्वास्थ्य अधिकारीहरूसमक्ष कोरोनाभाइरस नभएको प्रमाणित गर्न नमानेपछि रिसको सुरमा कारलाई शपिङ सेन्टरको भवनमा लगेर ठोकेका छन् । 

स्तब्ध बनाउने भिडियोमा ती क्रुद्ध चालकले आइतवार एक शपिङ मलको प्रवेशद्वारमा कार लगेर जोतेको देखिन्छ । घटना लुओयाङ शहरमा भएको हो । कारको अघिल्तिरको बम्पर खसेको देखिन्छ ।


Advertisement

स्वास्थ्य अधिकारीले उनलाई सम्भावित कोरोनाभाइरस वाहक नभएको प्रमाणित गर्न भनेपछि उनी रिसाएका थिए । 

उनलाई स्थानीय प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान जारी छ । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्