चिनियाँ कम्पनीले नेपाललाई दियो २ हजार थान कीट

चिनियाँ कम्पनी साभान्ट बायोटेक्नोलोजी कम्पनीले नेपाललाई कोरोना भाइरस परीक्षणका कीट सहयोग गरेको छ।

कम्पनीका महाप्रबन्धक वाङ कुओफिङले बेइजिङस्थित नेपाली राजदूतावासलाई बुधबार २ हजार थान टेस्टिङ कीट निःशुल्क हस्तान्तरण गरेका हुन्। कीट ३६ लाख मूल्य बराबरको रहेको जनाइएको छ।


Advertisement

सहयोग स्वरुप प्राप्त कीट बेइजिङबाट ल्हासा पुर्‍याइनेछ । त्यसपछि ल्हासास्थित  नेपाली महावाणिज्य दूतावासको पहलमा नेपाल ल्याइनेछ। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्