कात्तिक २०, २०७४
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
गण्डकी प्रदेशमा पहिलो पटक भएको कोरोना भाइरस संक्रमणको परीक्षणको रिपोर्ट आएको छ ।
आइसोलेसनमा रहेकामध्ये ३ बिरामीको स्वाब परीक्षण गरिएकोमा सबैको नतिजा ‘नेगेटिभ’ आएको हो ।
प्रदेश राजधानी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार मात्र पीसीआर मेसिन जडान भई परीक्षण शुरू भएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले पीसीआर मशिन सञ्चालनमा ल्याएपछि ३ जना बिरामीको मंगलवार स्वाब संकलन गरी ल्याब जाँच गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको बताए । उनका अनुसार अब क्रमशः यहीँबाट कोरोना जाँच हुनेछ ।
गण्डकीबाट हालसम्म ४७ जनाको नमूना संकलन गरिएकोमा १ जनाको पोजिटिभ र २१ जनाको नेगेटिभ देखिएको छ । अन्य २५ जनाको नतिजा आउन बाँकी छ । पोजिटिभ नतिजा आएको बागलुङकी १ युवतीको हो ।
पोखराबाटै परीक्षण शुरू गरेपछि प्रदेशका विभिन्न ११ जिल्लाको लागि सहज हुने देखिएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी १३३ वटा आईसीयू छन् भने भेन्टिलेटर संख्या ५४ रहेको छ ।
पोखरामा मंगलवार मात्र काठमाडौंबाट हेलिकप्टरमा पोर्टेबल पीसीआर मशिनसहित रिजेन्ट, १ हजार वटा पीपीई सेट, २ हजार ४०० मास्क, २ हजार पञ्जा, १० वटा आईआर थर्माेमिटर, १ सेट पोर्टेबल भेन्टिलेटर ल्याइएको हो ।
पोखरास्थित निजी क्षेत्रका अस्पतालले ज्वरोखोकी लागेका बिरामीलाई सम्भावित कोरोना भाइरसको संक्रमण भन्दै जाँच गर्न मानेका छैनन् ।
विगतका दिनमा रुघाखोकी, ज्वरो लगायतका सामान्य बिरामीका लागि ल्याबका लागि आवश्यक विभिन्न प्रकारका जाँच गर्ने निजी अस्पतालले अहिले बिरामीलाई अस्पतालको गेटबाटै फर्काउने गरेका हुन् ।
पोखरास्थित ठूलै निजी अस्पतालले त्यसो गरेको भन्दै बिरामीले गुनासो गरेका छन् ।
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...