×

NMB BANK
NIC ASIA

कांग्रेसले बनायो कोरोना जाँच्ने ‘स्व–परीक्षण एप’

चैत २४, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विशेषज्ञ चिकित्सकको परामर्शमा सोमवार एक वेब एप जारी गरेको छ ।

Muktinath Bank

कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेबसाइट www.nepalicongress.org/covid19/ मार्फत  एप सोमवार जारी गरेको पार्टी प्रवक्ता एवं विभाग प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वेब एपमा घरमै बसेर पनि कोरोना भाइरस संक्रमणको लक्षण आफूमा रहे/नरहेको परीक्षण जो कसैले गर्न सक्ने उनले बताए ।


Advertisment
Nabil box
Kumari

कसैमा कोरोना संकेत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने तथा नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने वेब एपको विशेषता रहेको छ ।

Vianet communication

नागरिकमा कोरोना जोखिमबारे सचेतना थप अभिवृद्धि गराउने, भौतिकरुपले परीक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोवैज्ञानिक रुपले ठूलो जनसंख्यालाई स्व–परीक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने तथा सङ्क्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पुर्‍याउँदै व्यक्ति, समुदाय र सरकारलाई सघाउने एपको उद्देश्य रहेको प्रवक्ता शर्माले बताए ।

एपको चिकित्सकीय परामर्शका लागि नेपाल मेडिकल एसोसिएशन पूर्व अध्यक्ष, डा अञ्जनी झा, सरुवा रोग विशेषज्ञ डा. वासुदेव पाण्डे, नेपाल मेडिकल एसोसिएशनका उपाध्यक्ष डा. अनिलविक्रम कार्की र फोक्सो रोग विशेषज्ञ डा. अशेष ढुंगानालाई तोकिएको छ ।

एपको निर्माण सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का पूर्व केन्द्रीय सदस्य ई शशांकश्री न्यौपाने र सिडेनका पूर्व महासचिव ई दीपेश विष्टको समूहले गरेको पार्टी कार्यालयले जनाएको छ । थप सुझाव ग्रहण गर्दै वेब एपको भर्सन परिमार्जित गरिँदै जाने प्रवक्ता शर्माले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x