राहत वितरणको अनुगमनमा निस्किए महानगरका प्रशासकीय अधिकृत

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल राहत वितरण व्यवस्थापन बुझ्न मंगलबार वडा ३१ को जागृतिनगर पुगेका छन्।

लकडाउनका अवधि महानगरपालिका क्षेत्रभित्र भएका अति बिपन्न, असहाय र दैनिक ज्यालादारी गर्नेले मापदण्डबमोजिम राहत प्राप्त गरे नगरेको, राहत वितरण गर्दा सामाजिक दुरी कायम भए नभएको, खाद्य सामाग्रीको प्याकेट र परिमाण, ढुवानी र वितरणको व्यवस्थापन, अभिलेख राख्ने बिधि, दाताबाट प्राप्त राहतको वितरण व्यवस्थापनजस्ता पक्ष निरीक्षणका क्रममा हेरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए। 


Advertisement

निरीक्षणका क्रममा प्रमुख प्रशासकीय अधिकृत अर्याल, प्रदेश सभा सदस्यहरु गणेश दुलाल र राजेन्द्र गुरुङ्, प्रमुख जिल्ला अधिकारी दाहाल, महानगरका सहसचिव राजेश्वर ज्ञवाली, वडाध्यक्ष नारायण भण्डारी, प्रशासन विभागका प्रमुख नमराज ढकालसहित वडासदस्यहरुले छुट्टाछुट्टै राहत वितरण गरेका थिए।

वडा ३१ ले मंगलबारसम्ममा ३ हजार २०० परिवारलाई राहत वितरण गरिसकेको छ। 
 
  
 


Advertisement


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्