×

NIC ASIA

लकडाउनमा सुर्खेत प्रहरीको ज्यादती बढ्दै, कसैका सिसा फोड्दै त कसैलाई चुट्दै

बैशाख ३, २०७७

Prabhu Bank
NTC
Premier Steels

लकडाउनको बेला सुर्खेत प्रहरीबाट मानव अधिकार उल्लंघनका घटनामा वृद्धि भएको छ । जसको शिकार बुधबार सुर्खेतका एकजना पत्रिका वितरक प्रकाश आचार्य भएका छन् ।

Muktinath Bank

घरनजिकै चिनी लिन गएको बेला आचार्यलाई प्रहरीले निर्घात कुटपिट गरेको छ । दिउँसो करिब ३ बजे लाटीकोइलीमा मोटरसाइकलमा आएका दुईजना प्रहरीले लठ्ठीले कुटेका आचार्यले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘घरको आडैमा रहेको पसलमा चिनी लिन भनेर आधा खोलिएको सटरबाट भित्र पस्न लागेको थिएँ, एक्कासी आएर गर्दै कुटपिट गर्न थाले,’ उनले भने, ‘कुटेपछि उनीहरू मोटरसाइकलमा आफ्नो बाटो लागे ।’


Advertisment
Nabil box
Kumari

आचार्यको हात, खुट्टा र ढाडमा चोट लागेको छ । खुट्टाको घाउमा टाँका लगाइएको उनले बताए । उनीहरूले किन बाहिर निस्किएको भन्दै कुटपिट गरेको उनको भनाइ छ ।

Vianet communication

रमा आचार्य भेरी एफएममा कार्यरत छिन् । वीरेन्द्रनगर एकमा रहेको उनको घर बाहिर बसिरहेको अवस्थामा गएको सातामा मोटरसाईकलमा सवार दुई जना प्रहरीले गाली गर्दै उनको परिवारलाई त्रसित बनाए ।

‘कम्तिमा प्रहरी संयमित हुनु पर्ने हो तर प्रहरी नै नागरिक प्रति अनुत्तरदायी देखिन्छ । भद्दा गाली सुन्नको लागि प्रहरीको बाटो कुरेर बसे हुन्छ,’ उनले भनिन्, ‘जथाभावी गाली गर्दै हिडने प्रहरीलाई छुट छैन ।’

पत्रकार रमाले लकडाउनको अवधिमा बाहिर गई खाद्यान्न लिन जाने समय बारे जानकारी दिएतापनि प्रहरीले साढेपाँच बजे नै मनलाग्दी थर्काएको लोकान्तरसँग गुनासो पोखिन् ।

वीरेन्द्रनगरकै यरिचोकमा केहि दिन अघि प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक नारायण प्रसाद शर्माले मापसे गरेर केहि युवाहरूमाथि हातपात गरे । नागरिक कोरोनबाट त्रसित भएको समयमा सुरक्षा निकायबाट भइरहेका यस्ता गतिविधिले नागरिक थप त्रसित बन्दै गइरहेका छन् ।

चैत २९ गते शनिहल लाईनमा प्रहरी आयो । साँझपख आएको प्रहरीले जथाभावी नागरिकको पसलमा लट्ठी हिर्काउने, सामान खरिद गर्न आएका नागरिकमाथि लट्ठी हान्ने काम गरेको थियो ।

जुम्ला घर भएका, हाल सटरसहितको कोठामा बस्दै आइरहेका हस्तबहादुर बुढाले सञ्चालन गरिरहेको विसी खाद्य खुद्रा पसलमा जथाभावी लाठी हिर्काउँदा उनको सिसासहितको काउण्टर नै फोडियो । ‘अरुले फुटालेको भए प्रहरीकहाँ उजुरी गर्न जानुहुन्थ्यो । प्रहरी आफैंले लाठी हानेर फुटाएपछि कहाँ जानु ?’ बुढाले भने, ‘कम्तिमा प्रहरीले ताडफोडमै नउत्रेको भए हुन्थ्यो, शक्ति भएपछि जसले जे गरेपनि हुने देश नेपाल नै हो भन्थे हो रहेछ ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम प्रहरी निरीक्षक गोपाल रायमाझीले प्रहरीले कसैलाई पनि गालीगलौज नगरेको, कुटपिट नगरेको दाबी गरे ।

‘हामीले नागरिकहरु घरभित्रै बस्न आग्रह गरिरहेका छौं । नमानेपछि हल्का कतै तर्साएको हुनसक्छ,’ उनले भने, ‘हामी संयमित भएका छौं । हामी भरसक कसैलाई केहि नगरौ भन्नेमा छौं । लाटीकोइलीमा बारम्बार सम्झाउँदा पनि पसल बन्द नगरेकोले उहाँले त्यस्तो आरोप लगाउनु भएको होला । बरु उहाँको हातमा गोभी थियो । त्यो खसेको हो । कसैलाई कुटपिट गरेका छैनौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x