फागुन ५, २०८०
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
लकडाउन लम्बिएका कारण घर फर्किनेको लर्को लागेपछि कलंकीमा ट्रकमा प्यासेन्जर चढाएर रकम असुल्ने बिचौलिया र दलालको सक्रियता बढेको छ ।
पछिल्ला दिनमा अधिकांश यात्रु स्थानीय गाउँपालिका, नगरपालिका तथा नेता र सांसदले रिजर्भ गरेका गाडीमा फर्किरहेका छन् ।
रिजर्भ गाडीमा जान नपाएका अलपत्र यात्रु भने बिचौलियाको फन्दामा पर्न लागेका छन् । गाउँघर फर्किनेको लर्को लागेपछि कलंकी क्षेत्रमा अनावश्यक मान्छेको अस्वाभाविक चलखेल चलिरहेको थियो ।
प्रहरी देखेपछि भागिहाल्ने ८–१० जना युवा झोला बोकेका व्यक्तिसँग कुरा गरिरहेका थिए । उनीहरू थिए– गाउँ फर्किन चाहनेलाई ट्रकमा चढाएर कमिसन बटुल्ने बिचौलियाहरू ।
‘बुटवलतिर जाने कोही हुनुहुन्छ ? गाडी छुट्नै लागेको छ !’ एकजना बिचौलिया कलंकीको बाबा पेट्रोलपम्पनजिकै पेटीमा बसेका सर्वसाधारणलाई भन्दै थियो, ‘खाना खाएको पैसा लाग्दैन, बोरामाथि बसेर जान सीटमा जस्तै सजिलो हुन्छ ।’
पेट्रोलपम्पको छेवैमा एउटा धार्मिक संस्थाले पैदल यात्रुका लागि खाना खुवाइरहेको थियो । कसैले निःशुल्क बाँडेको खानालाई बिचौलियाहरूले ‘हामीले व्यवस्था गरेको’ भनेर झुक्याइरहेका थिए ।
‘अरू बेला ५ सय रुपैयाँमा बसमा बसेर जान्थ्यौं, अहिले १५ सय भनिरहेका छन्, हामी ८ सय रुपैयाँमा लैजाने भए जाने भनेर बसेका छौं,’ कपिलवस्तु– ४ जान हिँडेका दलबहादुर विकले भने ।
एक महिनासम्म कामविहीन भएर बस्दा खाने कुरा सकिएकाले ट्रकमै बसेर भएपनि घर जान लागेको उनले बताए ।
यी पेशेवर बिचौलियाले अन्य समयमा कलंकीमा लामो दूरीका बसमा यात्रुसँग मनलाग्दी भाडा उठाउने गरेका थिए । सामान्य अवस्थामा पनि प्रहरीको आँखा छल्दै नक्कली टिकट काटेर यात्रुलाई झुक्याउने उनीहरूले विपद्को समयमा अलपत्र यात्रुसँग मोलमोलाइ गरिरहेका छन् ।
सप्तरीको राजविराज जान हिँडेका शम्भुराम यादव प्रहरीले ट्रकमा हालेर निःशुल्क पठाइदिन्छ भन्ने सुनेर कपनबाट हिँड्दै कलंकी आएका रहेछन् ।
वीरगञ्ज जाने ट्रकमा पठाइदिने भन्दै बिचौलियाले उनीसँग १५ सय रुपैयाँ मागे । आफूसँग १५ सय रुपैयाँ नभएको बताएपछि १ हजारमा पथलैयासम्म मिलाइदिने बिचौलियाले आश्वासन दिए । ‘मसँग जम्मा ७ सय रुपैयाँ छ, कसरी जाने ?’ उनी त्यसै टोलाएर बसेका थिए ।
कैलालीको टीकापुर हिँडेका पोखम चौधरी नचिनेको मान्छेले धनगढीसम्मको भाडा २ हजार मागेको बताए ।
शुक्रवार र शनिवार भने प्रहरीले माइकिङ गरेर यात्रुलाई ट्रकमा पठाएको थियो ।
प्रहरीले अलपत्र यात्रुसँग धेरै भाडा नलिन आग्रह गरेपनि गाडीवालाले भने मनलाग्दी लिने गरेका छन् ।
ट्रकवालाले नारायणगढसम्मकै ७ सय रुपैयाँसम्म लिने गरेको यात्रुहरूले बताए ।
सामान ओसारेर वीरगञ्ज फर्किन लागेको ट्रकका चालकले बिचौलिया समूहलाई सोधे, ‘कुन पार्टी (राजनीतिक दल होइन, कसका प्यासेञ्जर) हो ? मैले त हाल्दिउँला तिमीहरूले पैसा दिँदैनौं ।’
दलालहरू अहिले कलंकी क्षेत्रमा छैनन् : प्रहरी
ट्राफिक प्रहरी पोस्ट कलंकीका इन्सपेक्टर पुरुषोत्तम कार्कीले भने बिचौलियाको चलखेल भएको कुरा स्वीकार गरेनन् ।
‘हाम्रो एकजना सइसाप त्यही कामका लागि खटिनुभएको छ,’ कार्कीले लोकान्तरसँग भने, ‘ती पेशेवर दले अहिले देखिएका छैनन् ।’
कुनै एक गाउँपालिकाले १ लाख रुपैयाँ तिरेर बस रिजर्भ गरेर रुकुमसम्म पठाएको उनले बताए ।
‘हामीले समाजसेवा गरेका हौं, ड्राइभरले खुशी भएर २/४ सय दिन्छन्’
कलंकीमा सर्वसाधारणलाई गाडीसम्म पुर्याउन र गाडीवालासँग कुरा गर्न व्यस्त २ युवा हामीसँग बोल्न राजी भए । पछिल्लो समय लगातारजसो कलंकीमा रहेका राकेश तिवारीले पूर्वदेखि पश्चिमसम्मका सबैलाई गाडीमा उतार्दिने काम गरिरहेको बताए ।
‘म यातायात क्षेत्रकै समितिमा जब गर्ने मान्छे हो, अरूले जस्तो पैसा खाने, भाग्ने काम हामीले गर्दैनौं । डाइभरले लाऊ बाबु चिया खर्च लिऊ भन्यो भने लिने हो । त्यसमाथि पनि प्रहरी इन्भल्भ छ,’ ट्रकमा यात्रुलाई चढाउँदै गरेका तिवारीले भने ।
कलंकीमा सर्वसाधारण यात्रुलाई ट्रकमा चढाएर पठाउन खटिएका अर्का युवा थिए, आकाश मगर । काठमाडौं–पोखरा माइक्रोबस चलाउने गरेकोमा अहिले फुर्सदको समयमा कलंकीमा यात्रुलाई सहयोग गर्ने गरेको मगरले बताए ।
‘कोही गाउँ जाँदै छन् भने उनीहरूलाई सहयोग गर्ने काम गरेका छौं, मोलमोलाइ गरेर होइन,’ आकाशले लोकान्तरसँग भने, ‘गलत काम गर्नेहरू पनि होलान्, हामीले पनि सुनेका छौं ।’
ट्रकलाई रोकाएर सर्वसाधारण यात्रुलाई गन्तव्यसम्म पठाउने काम गरिरहेको उनले बताए ।
‘नवलपरासी जाने ८ जनाको समूह थियो, सुनौली जाने ट्रकमा ५–५ सय रुपैयाँमा पठाइदियौं,’ आकाशले भने, ‘कमाइका लागि होइन, ड्राइभरले खुशी भएर दियो भने लिने हो ।’
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...