यस्तो थियो ऋषि कपूरको नेपालसँग साइनो

बलिउडका सदाबहार अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा बिहीवार देहावसान भएको छ । उनी क्यान्सरबाट पीडित थिए । 

आफ्नो करीयरमा कैयौं यादगार फिल्महरूमा काम गरेका ऋषि कपूरले नेपालमा समेत आएर फिल्म शूटिङ गरेका थिए । 


Advertisement

सन् १९८९ मा आएको फिल्म खोजको केही अंश नेपालमा समेत शूटिङ गरिएको हो ।

ऋषिको चरित्र रवि कपूर आफ्नी पत्नीसँग काठमाडौंमा छुट्टी बिताउन आएको अनि अनिता अचानक गायब भएको कथा उक्त फिल्ममा छ । 


Advertisement

केशु रामसेले निर्देशन गरेको उक्त फिल्ममा किमी काटकर, नसीरुद्दीन शाह र डेनी डेंग्जोङ्पाले समेत अभिनय गरेका थिए ।

भारतबाट नेपाल आएर यतै व्यापार गरेर बसेका गरीबनाथ सराफले उक्त फिल्मको शूटिङ नेपालमा गराउने पहल गरेका थिए । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्