सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

बाँके जिल्लाको कोहलपुरमा गाडीले मोटरसाइकललाई गाडीले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा एक महिला घाइते भएकी छन्। 

 कोहलपुर नगरपालिका वडा नं ११ एनटिभी रोडमा नेपाली सेनाको वा १ ह ६३४१ नम्बरको गाडीले ठक्कर दिँदा भे४ प।७६२० नम्बरको मोटरसाइकलमा सवार कोहलपुर –२ का  २४ वर्षीय किरण भुसालको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ । 


Advertisement

बाँकेको नेपालगञ्जबाट कोहलपुरतर्फ आउँदै गरेको नेपाली सेनाको गाडी  र मोटरसाइकलले एनटिभी रोड क्रस गर्दैगर्दा जुधेका थिए। साँग्रिला डेभलपमेन्ट बैंक नेपालगञ्जमा दिदी प्रतीक्षालाई लिन गएका किरणको मृत्यु भएको र घाइते प्रतीक्षाको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।


Advertisement

कमेन्ट गर्नुहोस्