×

NIC ASIA

उत्पादन पनि लकडाउनमा पर्ने खतरा, जमिन बाँझै रहने चिन्ता किसानमा

बैशाख २४, २०७७

Prabhu Bank
NTC
Premier Steels

दैलेखको आठबीस नगरपालिका वडा नं. ३ जाक्सीका धिरज कार्की अहिले सुर्खेतमा नै छन् । उनको गाउँका तीन सय भन्दा बढि नागरिक सुर्खेतमै कोठामा बस्दै आइरहेका छन् ।

Muktinath Bank

‘लकडाउन खुल्ला कि भनेर आशै आशमा बसेका थियौं । जेठ पाँचसम्म लकडाउन अवधि तोक्दा हाम्रा जमिन बाँझै रहने अवस्था आयो,’ उनले भने, ‘मकै, धान, वर्षे तरकारी लगाउने बेलामा लकडाउनमा पर्दा उत्पादन कसरी गर्ने भन्ने चिन्ता लागिरहेको छ । केहि गरि खेति लगाउने अवस्थाको सिर्जना भइदिएको भए हामी किसानलाई राहत हुन्थ्यो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खाँडाचक्र नगरपालिका दुइका रमेश शाही पनि सुर्खेतमा नै छन् । प्रदेश सरकारले सुर्खेतका भन्दा पनि बाहिरबाट आएका नागरिकलाई उद्धार गरेर घर पठाएको तर सुर्खेतमा बस्दै आएका नागरिकको वेवास्ता गरेको उनको आरोप छ । ‘लकडाउन खुल्ला भन्ने आशै आशमा हामी यहि बस्यौं । सरकारको निर्देशन पनि मान्यौं । घरमा बुढा बा आमा मात्रै छन् । उहाँहरु गोरु जोत्न सक्नुहुन्न, म घर नगए खेति कसरी लाग्ला र के खाउँला तनाव भयो,’ लोकान्तरसँग कुरा गर्दै उनले भने, ‘कर्णालीमा कोरोना नदेखिएको बेलामा कम्तिमा स्वास्थ्य जाँच गरेर भएपनि खेति लगाउन जाने वातावरण भइदिएको अत्यन्तै खुशि हुन्थ्यौं ।’


Advertisment
Nabil box
Kumari

उनले कालिकोटका दुइ सय भन्दा बढि नागरिक आफ्नो सम्पर्कमा आएको बताए ।

Vianet communication

दैलेख र कालिकोटका नागरिक मात्रै होइनन्, लकडाउन खुल्ला र खेति लगाउन जाँउला भनेर बाटो हेरि बसेका सुर्खेतकै नागरिक धेरै छन् । ‘कोठामा बसिरहेका छौं । लकडाउन खुलेको भए घर गएर खेति लगाउँथ्यौं,’ चौकुनेका कलम थापा भन्छन्, ‘कर्णालीमा कोरोना नदेखिएकाले अलि खुला बनाई काम गर्न जान दिएको भए असाध्यै उत्तम हुन्थ्यो । के सरकार हाम्रा कुरा सुन्ला ?’

दैलेखको चामुण्डा विन्द्रासैनीका नागरिक पनि वीरेन्द्रनगरबाट घर फर्कने आशमा बसेका छन् । चामुण्डाका रमेश विश्वकर्माले सरकारले घर गई खेति गर्ने वातावरण राज्यले बनाउनुपर्नेमा जोड दिए । ‘उसैपनि कर्णालीमा भोकमरि लाग्ने बेलामा लकडाउनका कारण झन भयावह अवस्था नआउला भन्न सकिदैन । राज्यले कृषिमा आत्मनिर्भर बनाउने हो भने हामीलाई घर जान दिनुपर्छ, उत्पादनसँग जोडिन दिनुपर्छ । अनिमात्रै प्रदेश सरकारले सोचेको आत्मनिर्भर कर्णाली बन्नेछ ।’

कृषि विज्ञका रुपमा रहेका उपसचिव हरि पण्डितले यहि अवस्था रहिरहे कर्णालीमा कम्तिमा २० प्रतिशत उत्पादन कम हुने बताए । ‘बाहिरबाट आएका अधिकांश नागरिक विद्यार्थी हुन । कृषक यतै छन्,’ उनले भने, ‘यसकालागि सरकारले आवश्यक पहल गर्न आवश्यक छ । उत्पादन बढाउन मजदुर घर गए मात्रै सम्भव छ ।’

भूमि व्यवस्था कृषि तथा कृषि तथा सहकारी मन्त्री विमला केसीले गाउँमा खेति गर्ने कोही त्यस्तो भएको खण्डमा केहि सोच्न सकिने बताईन । ‘हाम्रो उदेश्य नै जमिन बाँझो नराख्ने भन्ने हो । सहकारी संस्थाहरु, स्थानीय सरकारसँग यो बारेमा कुराकानी गरिरहेका छौं,’ उनले भनिन, ‘अहिले प्रदेशको सिमा सिल गरिएको छ । चार दिन पछि यसबारेमा सरकारले छलफल चलाउँछ । उत्पादनमा असर नपर्ने र गाउँमा कोरोना नफैलने हिसाबमा हामी अघि बढ्छौं ।’


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x