×

NMB BANK
NIC ASIA

करिब एक दशक यता सिर्जना विरही थापाले एक गित बजारमा ल्याइन् ।

Muktinath Bank

उनको गीत वनको काफल वनकै चरीलाई, तिम्रो माया दुइ दिनको भएनी मेरो माया जुनिलाई, भन्ने गीतमा राजु परियार र विमा कुमारी दुराले साथ दिइन् । उनको यो प्रेमिल गीत उतिबेला चर्चित वन्यो । सबैको मुखमा झुण्डियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्यासेटमार्फत गीत सुन्ने प्रचलन उतिबेला थियो । अहिलेको जस्तो अनलाईनको जमाना थिएन । अहिलेको जस्तो यूट्यूवको जमाना भइदिएको भए सायद यो गीत पनि करोडौं भ्यूअर्स भएको गीतमा पर्ने थियो । बजारमा हल्ला खल्ला हुन्थ्यो । सबैको मुखमा यो काफल पाक्ने समयमा यहि प्रेमिल गीत गुन्गुनाईन्थ्यो । खैर छोडौं, यो त एक गीतको कुरा न हो । 


Advertisment
Nabil box
Kumari

जंगलमा पाक्ने एक अत्यन्तै मिठो फल हो काफल । दुई हजार मिटर भन्दा माथि मात्रै फल्ने यो फल पाक्ने समय भइसकेको छ ।

Vianet communication

हिउँदमा कम वर्षा भएको समयमा चैतमा नै पाक्न शुरू गर्ने काफल अहिले बैशाख सकिनै लाग्दा पाक्न थालेको छ । बुटाभरि लटरम्म काफल फलेका छन् । काफल पाक्न शुरू भएको छ । आधा रातो भइसकेको छ भने आधा हरियै दाना छ काफलको । बुटा नजिक जाँदा मुख नरसाउने कसको होला ?

बुढापाकाले भन्थे, काफल बढि फलेको बेलामा अनिकाल लाग्छ रे । यो वर्ष काफल अत्यन्तै फलेको छ । न असिना आयो, न त चर्को घाम नै लाग्यो । ‘मेरा पुर्खाले भन्थे, जहिले काफल धेरै पाक्छ, धेरै आउँछ त्यो पाली गाउँमा भोकमरी नै लाग्छ । काफल आएको देख्दा नै घरमा अनाज टन्नै राख्नु,’ वीरेन्द्नगर ४ का ओमजंग शाही भन्छन्, ‘हामी दैलेखबाट सुर्खेत झरेका थियौं । उतिबेला गुराँसेमा लटरम्म काफल पाक्ने गर्दथे । कहियौं दिन हाम्रा छिमेकीले काफल नै खाएर रात विताउने गर्थे ।’ 

यो वर्ष कोरोनाका कारण अनिकाल लाग्ने सम्भावना भएको उनको अनुमान छ । ‘वनमा पाईने फलफूल लटरम्म फलेको भनेकै अनिकाल लाग्नु हो भनेर मेरा पुर्खाले हामीलाई अर्ति दिएका थिए,’ उनी भन्छन्, ‘लकडाउनले त्यहि अवस्था देखाएको मलाई महसुस भएको छ । किनभने पो पाली असिना पनि त्यति धेरै आएन ।’

यी किवंदन्ती उतिबेलाका लागि सत्य थिए । अझ भनौं उनको पालामा अहिलेको जस्तो जलवायू परिवर्तन थिएन । खाद्यान्न पाक्नुअघि काफल पाकिसक्थ्यो । त्यहि काफल खाएर कतिजना दिन बिताउँथे कति जना रात काट्थे । उनी स्मरण गर्छन ।

वनका चराहरूलाई पर्याप्त अन्नवाली नपाईने हुँदा उनीहरूलाई पनि यो मौसममा भोकमरी लाग्नु स्वभाविक भएको वीरेन्द्रनगरका युवा व्यवसायी कमल खड्का ‘जुनी’ बताउँछन् । उनका अनुसार अहिले लकडाउनको बेलामा पनि काफल वनकै चरीका लागि हो की भन्ने उनलाई लागेको छ । ‘विगतमा काफल खान जानेको लर्को हुन्थ्यो । वीरेन्द्रनगरका हरेक चोकमा डोका का डोका काफल आउँथे यतिबेला विक्रीका लागि,’ उनी भन्छन्, ‘यो पाली समय फेरिएको जस्तो लागेको छ । वनमा पाकेको काफलसम्म वीरेन्द्रनगरवासीको पहुँचमा कमी आएको छ । अथवा काफलले वीरेन्द्रनगर वासीलाई खुला आमन्त्रण दिइरहँदा पनि हामी जान सकेका छैनौं । काफल हामीकहाँ आउने त कुरै भएन ।’ 

युवा पत्रकार ईश्वर अधिकारी पनि यो पालीको काफल वनको चरीलाई नै भएको बताउँछन् । ‘विगतमा गुराँसे, रातानांग्ला, धरमपोखरा, मेहेली जस्ता स्थानमा हजारौं नागरिक काफल खान जाने गर्दथे । यो पाली लकडाउनकै कारण आम नागरिक काफल खान जान पाएका छैनन् । बजारमा पनि काफल आएका छैनन् ।’ यो पालीको काफल आम नागरिकका लागि नभई वनकै चरीका लागि हो जस्तो लागेको उनको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x