×

NMB BANK
NIC ASIA

संसद्‍मा पम्फा भुसालको प्रस्ताव– विद्युत् महशुल घटाऔं, भान्साबाट ग्यास विस्थापित गरौं

जेठ २५, २०७७

NTC
फाइल फोटो
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी) (नेकपा) की सांसद पम्फा भुसालले विद्युत् महशुल घटाएर भान्साबाट खाना पकाउने ग्यास विस्थापन गर्न सकिने बताएकी छन् । विद्युतीय सवारी साधनमा कर वृद्धिको निर्णय राष्ट्रविरोधी भएको उनले टिप्पणी गरिन् ।

Muktinath Bank

विनियोजन विधेयकमाथि आइतवार प्रतिनिधि सभा बैठकमा भएको छलफलमा भाग लिँदै नेतृ भुसालले सर्वसाधारण जनताले प्रयोग गर्ने विद्युतको महशुल लागतअनुसार कायम गर्न माग गरेकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गत वर्षको भदौ १२ गते मैले यही संसद्‍माविद्युत महशुल घटाउन प्रस्ताव गरेकी थिएँ, १० युनिट बाल्नेलाई निःशुल्क भएको छ । सुधारउन्मुख त भएको छ, तर अपर्याप्त छ भन्ने लाग्छ,’ छलफलमा भाग लिँदै सांसद भुसालले भनिन्, ‘विद्युत् विकासको आधारभूत पूर्वाधार हो । विद्युत् उत्पादन गर्ने कुरा राज्यले गरोस् र लागत मूल्यबाट बिक्री गरोस् ।’ अहिले पनि नेपालमा विद्युत्‌को लागत प्रतियुनिट ४ रुपैयाँ भएपनि जनताले १२ रुपैसासम्मँ तिर्नुपरेको उनले बताइन् ।


Advertisment
Nabil box
Kumari

‘विद्युत उत्पादन खासमा राज्यले गर्नुपर्ने हो, जुन दिनबाट निजी क्षेत्रबाट गराइएका छन्, उनीहरूले ५ वर्षमा लागत उठाउने र २५ वर्ष नाफा उठाउने गरेका छन् । विद्युत् प्राधिकरण उनीहरूको विद्युत् खरिद गरिदिने व्यापार कम्पनी जस्तो भएको छ,’ सांसद भुसालले भनिन् । 

Vianet communication

विद्युत् व्यापार भन्दापनि यसको उपभोग नेपाली जनताले गर्नुपर्ने र सिँचाइ तथा खानेपानीमा निःशुल्क दिनुपर्ने उनले बताइन । ‘विद्युत्लाई नाफा गर्ने विषय बनाइनु हुन्न, अर्थशास्त्रमा बढी उत्पादन गर्दा लागत कम हुन्छ त्यस्तै विद्युत नेपालीले जति बाल्यो त्यति धेरै छूट हुनुपर्छ,’ उनले भनिन् । 

नेकपाले पार्टीको चुनावी घोषणा पत्रमा बोलेको समाजवादउन्मुख राष्ट्र बनाउने कुरा, कृषि, ऊर्जा र पर्यटनको विकासले मात्र सम्भव हुने उनले बताइन् ।

‘नेपालमा विद्युत् उत्पादन २ हजार मेगावाट नपुग्दै बिक्रीको नारा सुनेकी छु, विद्युत् बेच्ने होइन अधिकतम खपत गर्ने हो । विद्युत खपत गर्नुको सट्टा अहिले विद्युतीय गाडीमा करवृद्धि गरिएको छ ।

यसलाई  राष्ट्रघाती भनौं कि नभनौं तर राष्टविरोधी हो । अहिले भएका लाखौं गाडीलाई प्राविधिक रूपमा विद्युतीय बनाउन सकिन्छ । गाडी चार्जिङ स्टेसन खडा गर्दा ५० औं हजारले रोजगारी पाउछन्, यो नगरेर विद्युतीय गाडीमा बढाइएको कर राष्ट्रको हितमा छैन,’ भुसालले भनिन्, ‘डिजेल पेट्रोल र एलपी ग्यासका लागि बिदेसिने मुद्रा नजाँदा देशभित्रका आर्थिक गतिविधि सक्रिय हुन्छन् । चकलेटी तर्क गर्नु हुन्न, विद्युतीय गाडी ल्याउँदा डलर बाहिर जान्छ भने डिजेल पेट्रोलको गाडी के मा अउँछ ?’ 

नेतृ भुसालले विद्युत् बिक्री नभई स्वेदशमै खपत गर्ने बरु बाह्य देशबाट लगानी गर्न आउनेलाई स्वागत गर्नुपर्ने बताइन् ।

यातायात क्षेत्रमा खपत गर्दा २० हजार युनिट विद्युत् नेपालमै खर्च हुने उनले बताइन् । 

‘तराई क्षेत्रमा विद्युत् वितरण गर्ने प्रशारण लाइन नेपाल होइन भारतीयको हातमा छ, भोलिको दिनमा विद्युत्‌को नाकाबन्दी भएर मधेशले दुःख पाउने काम नहोस,’ भुसालले भनिन्, ‘झन जनताले मन नपराएको तथा राष्ट्रको हितमा नभएको एमसीसी कार्यान्वयन गर्ने एजेन्सी पनि मन्त्रालय नबनोस् ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x