कात्तिक ३०, २०८०
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
ब्रह्माण्डमा पृथ्वीको उत्पत्तिपछि मात्र प्राणीको उत्पत्ति भएको हो । पृथ्वीको उत्पत्तिपछि पानीको उपस्थिति देखियो र क्रमशः प्राणीहरू देखापरेका हुन् ।
प्राणी भन्नाले आँखाले नदेखिने सूक्ष्म जीवाणुदेखि वनस्पति, जनावर र मानिसहरू हुन् । पारिस्थितिक प्रणालीमा सबै निर्जीव वस्तु र सजीव प्राणीको समान महत्त्व हुन्छ । चाहे त्यो भाइरस–ब्याक्टेरिया होस् वा वनस्पति र यसमा आश्रित जनावर, मानिसरू वा हावा, पानी, तापक्रम आदि ।
प्राणीहरू आफ्नो उत्पत्तिकालमा एक कोषीय वा त्योभन्दा पनि कम विशिष्टिकृत थिए । ती एक कोषीय जीवको कुरा गर्दा वातावरणमा आएको परिवर्तनसँगै परिस्कृत हुँदै विभिन्न खालका बोटबिरुवा, जनावर र मानिससम्म आइपुगेका हुन् ।
वैज्ञानिक दृष्टिकोणमा कुनै पनि जीवन एउटा समयसीमाभित्र उसमा भएको ‘इनर्जी स्टेट’को एउटा रुप मात्र हो । पृथ्वी र यसमा भएका जीवनको विकासक्रममा यतिधेरै प्राणी विविधता थपिँदै गए पनि एकआपसमा अन्तरसम्बन्ध प्रत्यक्ष वा परोक्ष रुपमा बलियो र घनिष्ट छ । कुनै पनि जीव एक्लै बाँचेको हुँदैन, ऊ अरु जीवनसँग अन्योन्याश्रित नै हुन्छ । अझ प्रत्येक जीवन कोषहरू निर्जीव वस्तुबाटै बनेको हुन्छ र मृत्युपश्चात फेरि निर्जीव वस्तुमै परिवर्तित हुन्छ ।
तर यस्ता अन्तरसम्बन्ध र प्राकृतिक प्रणालीलाई हाम्रो भौतिक विकासको तीब्र इच्छाले गर्दा समाप्त पार्न खोज्यौं । प्राकृतिक सम्पदाको अनुचित प्रयोग, वातावरणीय असन्तुलन, प्रदुषण, खानामा मिसावट, जंगली जनावरको विनाशका कारण नै आज हामी महामारीजन्य रोगहरूबाट अत्तालिएका छौं र औषधि वा खोपको याचना गरेर बसेका छौं । यसै सन्दर्भमा औषधिको गुण भएका वनस्पतिको प्रयोग बढाएर आफ्नो जीवन लम्ब्याउने प्रयत्नमा लागेका पनि छौं ।
के हुन् त वनस्पति ?
मानव सभ्यताभन्दा निकै पुराना यी वनस्पतिहरू हाम्रो जीवनकालदेखि मात्र नभई हामीभन्दा धेरै अगाडि डाइनोसरकालीन समयदेखि नै पृथ्वीका सम्पूर्ण परिवर्तनलाई नियाल्दै र भोग्दै आएका अमुक साक्षी र सम्पूर्ण प्राणीका प्राण रक्षकहरू नै हुन् । आजको मानव सभ्यता विकासक्रमको विभिन्न कालखण्डमा विभिन्न समस्याहरू भोग्दै र पार गर्दै आजको युगमा आइपुगेको हो ।
यसबीचमा उसले अनेकौं रोग, भोक, महामारी, अनिकाल लगायतका समस्यासँग जुधेको छ । ती सम्पूर्ण लडाइँको फेहरिस्त हेर्दा अधिकांश लडाइँमा वनस्पतिहरू नै एक मात्र सहारा बनेका छन् । अझ सामान्य रूपमा बुझ्दा मानिसलाई ओत लाग्ने घर, जिउ ढाक्ने कपडा र रोग लाग्दा चाहिने औषधि बनाउने सामग्रीका रुपमा वनस्पति नै काममा आएको छ ।
प्राकृतिक अन्तरसम्बन्धभित्र बोटबिरुवा सबैभन्दा विशिष्ट छन् । वनस्पति नै निर्जीव तत्वमार्फत आफू र जनावरलाई पनि जीवित राख्न सफल मानिएका प्राणी हुन् । विरुवाको प्रकृतिसँगको सबैभन्दा ठूलो अन्तरसम्बन्ध उसको आफ्नो खाना बनाउने प्रक्रिया हो, जसलाई हामी फोटोसिन्थेसिस भनेर ब्याख्या पनि गर्दछौं । हो यही बिरुवाको फोटोसिन्थेसिस मात्र त्यस्तो प्रक्रिया हो, जसले सौर्यशक्ति (सोलार इनर्जी) लाई आफ्नो खाना वा ग्लुकोज (केमिकल इनर्जी) मा परिणत गर्दछ र विरुवाबाट (जस्तै पात, फल, जराबाट) जनावरले प्राप्त गर्छन् । यिनै वनस्पति र जनावर हुँदै त्यो शक्ति खानाको रूपमा हामी मानिसले पनि प्राप्त गर्दछौं । बोटबिरुवाको यही प्रक्रिया नै पृथ्वीका सम्पूर्ण प्राणीको प्राण–वायु (अक्सिजन) बनाइदिने अपरिहार्य स्रोत पनि हो । वनस्पतिका निहित यस्ता अद्भुत एवं विभिन्न प्रकारका औषधीय तत्वहरू बनाउने प्रक्रियाबारे त हामी सधै नै खोजिरहेका हुनेछौं ।
भनिन्छ, पृथ्वीमा भएका सबै वनस्पति नै औषधीय गुणले भरिपूर्ण छन् । वनस्पति मात्र प्रकृतिका सर्वगुणसम्पन्न उपहारहरू हुन् । चाहे ती हामीले सिधै खान मिल्ने फल, फूल, पात वा जराहरू हुन् वा केही विषालु वनस्पति नै किन नहुन् । आजको औषधि विज्ञानमा हामीले सिधै खान मिल्ने वस्तुहरू त के, विषालु विरुवा समेत पनि सयौं गुणा गुणकारी र महंगा पनि साबित भइसकेका छन् ।
मानिसले आफूलाई सधै स्वस्थ राख्न होस् वा बिरामी पर्दा, औषधिको रुपमा विरुवाको प्रयोग सदियौंदेखि गर्दै आएका थिए र आज पनि यसमा उत्तिकै भरोशा गरिन्छ । औषधि विज्ञानको क्षेत्रले आज एक्काइसौं शताब्दीसम्म आइपुग्दा मारेको फड्कोलाई सुक्ष्म अध्ययन गर्यौं भने पनि स्पष्ट हुन्छ, यो हाम्रो विरुवाबाटै औषधि बनाउने आयुर्वेदिय परम्पराबाट नै शुरू भएको हो र यो विज्ञानले हामीलाई धेरै रोगहरूसँग लड्ने उपायहरू औंल्याइदिएको पनि छ । यसको अनुशरण गर्दै हामी आज पनि औषधीय गुण भएका धेरै विरुवा वा ती वनस्पतिका पात, डाठ, जरा आदिलाई विभिन्न रोग निको पार्न विभिन्न तरिकाले सेवन गर्दछौं । सम्पूर्ण विरुवा वा ती वनस्पतिका विभिन्न भागलाई थिचेर, निचोरेर, पोलेर अरु विभिन्न तत्वसँग मिसाएर प्रयोग गरिने तरिका नै हाम्रो आयुर्वेदिक पद्धति हो । यसरी विरुवाबाट निकालिने तत्वमा सयौं प्रकारका रासायनिक पदार्थ वा अणुहरू हुन्छन् । तिनीहरूको सेवनबाट हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत पुग्दछ र प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) बलियो भएर रोग लगाउने जीवाणु (ब्याक्टेरिया, भाइरस, फङ्गस तथा अन्य विषाक्त पदार्थ) हरूलाई नष्ट गर्दछ वा तिनीहरूको फैलावट (प्रजनन्) लाई रोक्दछ । स्मरणरहोस्, हामीले आजका दिनमा सेवन गर्ने प्रायः सबै औषधि आफैं रोगसँग लड्दैनन्, तिनीहरूले हाम्रो कमजोर भएको प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर रोगसँग लड्न सहयोग मात्र गर्दछन् ।
हामीले विरुवालाई कुटेर, पिसेर, निचोरेर, छानेर त्यसबाट औषधिजन्य तत्व प्राप्त हुन्छ तर यो तत्व प्रयोग गर्दा यसभित्र भएको कुन रसायनले हामीलाई ठीक पारिराखेको छ भन्ने जानकारी पाउँदैनौं वा जानकारी पाउन खोज्दा नै पनि निकै कठिनाइ हुन्छ । यसको कारणबारे अघि नै भनिसकियो एउटै बिरुवामा यस्ता सयौं अणुहरू हुन्छन् ।
समृद्ध हुँदाहुँदै पनि हाम्रो पूर्वीय उपचार पद्धति यहीनेर आएर रोकियो, यसले थप खोजी गर्ने साथ पाएन । हामी यही पद्धतिलाई लामो समयसम्म प्रयोग गरिराखेका छौं तर यस पद्धतिभित्र रहेका सबै प्रकारका खुबी र रसायनको खोजीमा उन्नत र अझ वैज्ञानिक तरिकाले लाग्न सकेनौं र त्यस्तै प्रकृतिको औषधीय तत्वलाई नै खोप जस्तै प्रचार भयो । जुन ज्यादै निरीह र अपूर्ण तर्क हो । हालसम्म गुण–दोषका हिसाबले विभिन्न रासायनिक पदार्थ भएका वनस्पतिलाई नछुट्याई सोलोडोलो प्रयोग गर्दा र गराउँदा हाम्रो उपचार पद्धति विकसित दुनियाँमा पछाडि परिराखेको छ । यसरी सोलोडोलो सबै चिजलाई औषधि हो भन्दै प्रचार र बजारीकरण गर्न खोज्दा हामी तार्किक र वैज्ञानिक रूपमा झन् पछि पर्ने स्थित बन्दैछ !
आधुनिक मानिएको पश्चिमा उपचार पद्धति यसैमा टेकेर अगाडि बढ्यो, उसले ती सम्पूर्ण औषधीय तत्वलाई छुट्टाछुटै पहिल्याउन थाल्यो, प्रत्येक अणुलाई गुण र दोषका आधारमा वर्गीकरण गर्यो । राम्रा गुण भएका तत्वलाई विभिन्न प्रविधिको प्रयोग गर्दै विशिष्ट औषधि बनाइयो । यहीँनेर हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने बोट विरुवाबाट सिधै निकालिने वस्तुमा औषधीय गुण हुन्छ, रोगहरू निको पनि हुन्छन् तर यस्ता वनस्पतिका अंग नै विशिष्टीकृत औषधि भने होइनन् । अझ ती खोप त हुँदै होइनन् । खोप सिधै बिरुवाको अंग निकालेर बनाइँदैन । बोटविरुवाको अंगबाट त औषधि वा औषधिजन्य वस्तु मात्र उत्पादन गरिन्छ ।
खोप के हो ?
आज हामी रोग लागिसकेपछिको उपचार गर्ने पद्धतिभन्दा रोग लाग्नै नदिने रोकथामको प्रविधिको प्रयोगमा आइपुगेका छौं । विज्ञानको त्यो चरणको राम्रो पाटोमध्ये एउटा खोप (भ्याक्सिन) को विकास हो । अहिले धेरै रोगहरूबाट बच्न हामीसँग धेरै खोप उपलब्ध छन् । महामारीजन्य रोग समुदायमा फैलिइसकेपछि त्यसलाई रोक्न वा उपचार गर्न ज्यादै मुस्किल पर्दछ र आर्थिक रुपमा पनि ज्यादै भारी पर्दछ । त्यसैले यस्ता रोग नियन्त्रण गर्न खोप मात्र अहिलेसम्म थाहा भएको एउटा राम्रो उपाय हो ।
बेलायती वैज्ञानिक एडवार्ड जेनरलाई खोप विज्ञानका पिता मानिन्छ । उनले नै पहिलो पटक ‘स्मलपोक्स’ रोग विरुद्धको खोप पत्ता लगाएका थिए । सामान्यतया खोप त्यस्तो पदार्थ हो, जुन हामीलाई रोग लगाउने जीवाणु, त्यसले उत्पादन गर्ने विषाक्त, उसको शरीरको बाहिरी भागको प्रोटिन वा उसकै शरीरका यौगिकबाट नै बनाउने गरिन्छ । यस्ता वस्तुलाई केही केमिकल, तापक्रम र विकिरणको प्रयोग गरेर कमजोर पारिन्छ, जसले गर्दा तिनीहरूमा पहिलेको जस्तो रोग लगाउने वा छिटो प्रजनन हुने क्षमता हुँदैन । यसमा केही आनुवांशिक वा अन्य परिवर्तन पनि गरिन्छ । यसरी परिवर्तन गरिएका चिजहरूलाई सूइँमार्फत वा मुखबाटै शरीरमा पठाइन्छ । यसरी शरीरभित्र पठाइएका जीवाणुविरुद्ध हाम्रो शरीरको प्रतिरक्षा प्रणाली पहिले नै परिचित भएर पछि साँच्चिकै त्यही जीवाणु नै शरीरमा प्रवेश गरे पनि उसलाई परास्त गर्ने क्षमताको विकास गरिसकेको हुन्छ । त्यसैले खोप लगाउँदा हामी उक्त रोगबाट बच्न सक्दछौं । हाल खोपको प्रयोग महामारीजन्य रोगमा बढी प्रयोग गरिए पनि केही अन्य रोगहरू जस्तैः क्यान्सर, हेपाटाइटिस, निमोनिया रुघा–खोकी लगायत धेरै दीर्घरोगमा पनि प्रयोग गरिन्छ ।
कसरी बनाइन्छ त खोप ?
१. भ्याक्सिन उत्पादन गर्दा सर्वप्रथम जुन रोगको लागि बनाइँदैछ, त्यही रोग लगाउने जीवाणुको पहिचान गरी ती जीवाणुकै ‘कल्चर’ (बढीभन्दा बढी प्रजनन) गरिन्छ ।
२. तिनीहरूको आनुवांशिक वा केमिकल परिवर्तन गरिन्छ ।
३. जनावरहरू जस्तै मुसा, खरायो, सुगुर, बाँदर जस्ता जीवमा परीक्षण गरिन्छ ।
४. सम्बन्धित देश तथा मानिसहरूको कानूनी स्वीकृति लिएर केही मानिसमा परीक्षण गरिन्छ ।
५. परीक्षण गरिएका मानिसमा पनि राम्रो नतिजा प्राप्त भएमा मात्र खोपको रूपमा विकास गरी आममानिसमा प्रयोग गरिन्छ ।
विज्ञानलाई सही तरिकाले बुझौं, बुझाऔं र पूजौं ।
विज्ञान सबै ज्ञानको सर्वश्रेष्ठ ज्ञान हो । यसले सम्पूर्ण ज्ञानलाई व्यावहारिक तवरले प्रयोगात्मक तराजुमा राखेर उत्कृष्ट ज्ञानलाई प्रविधिमा रुपान्तरण गर्दछ । यो त आम मानिसको जीवित आशा हो । विज्ञान त एउटा ‘धर्म’ हो जो, कहिल्लै मर्दै नमर्ने । विज्ञान रूपी यो धर्ममा विश्वास गर्नेहरूका लागि प्रयोगशाला ‘मन्दिर’ हुन् । त्यस्ता मन्दिरमा रातदिन खटेर विभिन्न औषधि वा खोपको आविष्कार गर्ने वैज्ञानिक नै जीवित ‘ईश्वर’ हुन् ।
आशा गरौं – ढिलोचाँडो ती ‘ईश्वर’ साक्षातरूपमा प्रकट भई अहिलेको यो कोरोना महामारीका लागि पनि ‘अमृत तुल्य’ खोप लिएर अवश्य आउने नै छन् र करोडौं मानिसको जीवनरक्षा गर्ने नै छन् ।
जय होस् विज्ञान र जयहोस् वैज्ञानिक खोजहरूको ।
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...