भारतमा नेचर एमएस नामक एक व्यक्तिको अनुहारमा ६० हजार मौरीहरू बस्ने गरेका छन् ।
यी २४ वर्षीय युवकले मौरीलाई आफ्नो असल मित्र मान्ने गरेका छन् र मौरीहरूले आफूलाई जोखिमका रूपमा नलिने गरेको बताएका छन् ।
नेचरले सात वर्षको उमेरदेखि अनुहारमा मौरी राख्ने गरेका छन् ।
केरलामा बस्ने उनले चार घन्टा १० मिनेट पाँच सेकेन्डसम्म टाउको र अनुहार मौरीले ढाकेर बस्ने कीर्तिमान बनाएका छन् । गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा यो कीर्तिमान छ ।
अनुभवी मौरीपालकहरूलाई पनि खतरनाक एलर्जी हुन सक्छ तर ओठ वा आँखाको ढकनीमा मौरीले चिल्न सक्ने जोखिमले नेचरलाई चिन्ता दिँदैन । मौरीले चिलेमा त्यो आफ्नो दोषका कारण भएको उनको भनाइ छ ।
उनलाई पिता सञ्जय कुमारले मौरीप्रतिको प्रेम जगाएका हुन् । सञ्जय आफैं पनि पुरस्कृत मौरीपालक र मह किसान हुन् ।
एजेन्सी