×

NMB BANK
NIC ASIA

विदेशीलाई भिसा शुल्क समेत मिनाहा, १३ करोडभन्दा बढी राजस्व गुम्यो !

असार ९, २०७७

NTC
Premier Steels

कोरोनाभाइरस (कोभिड– १९) संक्रमण फैलिन नदिन बन्दाबन्दी (लकडाउन) शुरू भएको ३ महिना पुग्न लाग्यो ।

Muktinath Bank

चैत ११ गते एक्कासि लकडाउन शुरू भएपछि देशभित्रै रहेकाहरू त शहरी इलाकामा रोकिए नै, विदेशीहरू पनि आफ्नो देश फर्किन पाएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी फर्किन नपाउनेमध्ये केही भिसा अवधि बाँकी नै भएका थिए भने केही भिसा अवधि सकिएका थिए ।


Advertisment
Nabil box
Kumari

यसबीचमा नेपालमा रोकिएका विदेशीहरूसँग ओभर स्टेलगायतका जरिवाना शुल्क नलिनु त स्वाभाविक हो, तर सरकारले भिसा शुल्क पनि मिनाहा गरिदिएको छ । जसबाट झण्डै साढे ३ करोड राजस्व गुमिसकेको छ भने थप १० करोडभन्दा बढी राजस्व गुम्ने अवस्थामा छ ।

Vianet communication

अध्यागमन विभागले सन् १६ जुन २०२० अर्थात् २०७७ असार २ गते सूचना जारी गर्दै लकडाउनको अवधिमा नेपालमा बसेका विदेशी नागरिकको भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना शुल्क नलिने निर्णय गरेको थियो ।

यसबाट भिसा शुल्कको मात्र हिसाब गर्ने हो भने पनि हालसम्म आफ्नो देश फर्किएकाहरूबाट झण्डै साढे ३ करोड राजस्व गुमेको देखिन्छ ।

अध्यागमन विभागका प्रवक्ता तथा निर्देशक रामचन्द्र तिवारीका अनुसार नेपालमा अझै पनि १५ देखि १७ हजार विदेशी नागरिक छन् ।

विलम्ब शुल्क कटाएर औसतमा १५ दिनको हिसाब गर्ने हो भने पनि अब १० करोडभन्दा बढी राजस्व नेपालले गुमाउने देखिन्छ ।

नेपालमा चैत ११ गतेदेखि जेठ ३२ गतेसम्ममा १० हजार ९२४ जना विदेश गएका छन्, त्यसमध्ये विदेशी नागरिकको संख्या ६ हजार ५३४ छ । बाँकी नेपालीहरू हुन् ।

अध्यागमन विभागले पर्यटक भिसा शुल्क १५ दिनको ४५ अमेरिकी डलर लिने गरेको छ । त्योभन्दा बढी समय बस्नेको हकमा प्रतिदिन अतिरिक्त ५ डलर लाग्छ ।

सामान्य अंक गणितमा जेठ ३२ गतेसम्म स्वदेश फिर्ता भएका भएका विदेशीलाई यो समाचार तयार पार्दाको डलरको भाउलाई आधार मानेर हिसाब गर्दा झण्डै साढे ३ करोड गुमेको देखिन्छ । फर्किन बाँकीको हिसाब गर्दा योगफल १० करोड गरी कुल १३ करोडभन्दा बढी घाटा लाग्ने देखिन्छ ।

यता अर्थमन्त्री युवराज खतिवडा भने राज्य सञ्चालनको दैनिक खर्च धान्न पनि मुस्किल परेको बताउँछन् । 

प्रतिनिधि सभा बैठकमा उनले बताएअनुसार राज्य सञ्चालनका लागि मासिक ४० अर्ब खर्च चाहिन्छ, तर हाल मासिक १५ अर्ब मात्र उठिरहेको छ ।

‘लकडाउनका कारण सरकारको खर्च र आम्दानी असन्तुलित स्थितिमा पुगेको छ, आम्दानीभन्दा खर्च बढी भएको छ,’ अर्थमन्त्री खतिवडाले जेठ ३२ गतेको प्रतिनिधि सभा बैठकमा भनेका थिए ।

आन्तरिक करदातालाई कसिरहेको सरकारले राजस्व उठाउन सक्ने क्षेत्रलाई भने उपेक्षा गरेको देखिन्छ । सरकारलाई प्रत्यक्षरूपमा उठ्ने राजस्वको एक हिस्सा भिसा शुल्क पनि हो ।

‘रेसी प्रोकल’का कारण भिसा शुल्क नलिएका हौं : अध्यागमन विभाग

लकडाउनको समयमा अध्यागमनका सबै कार्यलय बन्द भएको समयमा भिसा सकिएका विदेशीसँग नेपालमा अन्तर्राष्ट्रिय उडान सञ्चालन भएको १५ दिनसम्म भिसा शुल्क नलिने अध्यागमन विभागका महानिर्देशक रमेशकुमार केसीले बताए ।

लकडाउन शुरू भएको दिन गत चैत ११ गतेभन्दा अघिल्लो दिनसम्म भिसा सकिएकाहरूलाई भने सबै शुल्क लाग्ने महानिर्देशक केसीको भनाइ छ ।

कोरोनाभाइरसले गर्दा विश्व नै आक्रान्त भएकाले मानवीयताको हिसाबले पनि भिसा शुल्क लगायतका शुल्कहरू मिनाहा गरिएको उनको जिकिर छ ।

नेपाल फेरि आउने गरी मोह कामय रहेको भन्ने स्वार्थ पनि यसमा लुकेको उनको दाबी छ ।

‘हामीले मानवीयताको हिसाबले पनि हेर्नुपर्छ, अर्को कुरा नेपालप्रति विदेशीको मोह कायम रहोस् भन्ने हिसाबले भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना नलिने निर्णय गरेको हो,’ महानिर्देशक केसीले लोकान्तरसँग भने ।

‘विदेशमा रहेका नेपालीलाई पनि भिसा शुल्क लगायतका कुनैपनि शुल्क लिएका छैनन्, नेपालले पनि ‘रेसी प्रोकल’लाई ध्यानमा राखेर विदेशीसँग यी सबै शुल्क नलिने निर्णय गरेका हौं,’ केसीले थपे ।

कोरोनाले गर्दा देशमा राजस्व उठाउन समस्या परिराखेको समयमा सामान्य बसाइको भिसा शुल्क पनि नलिनुले सरकार नेपाली व्यवसायी र फर्महरूलाई मात्र पेल्न उद्धत रहेको प्रस्ट हुने आलोचकहरूको आरोप छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x