मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, तीन घाइते

फाइल फोटो।

दाङमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार बिहीबार दुई मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार शान्तिनगर गाउँपालिका–१ का ४८ वर्षीया पवी डाँगीको मृत्यु भएको हो। डाँगीको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। 


Advertisement

तुलसीपुरबाट भमकेतर्फ आउँदै गरेको गरेको रा५प ८०९५ मोटरसाइकल र पश्चिमबाट तुलसीपुरतर्फ जाँदै गरेको रा५प ६५२५ नम्बरको मोटरसाइकल तुलसीपुर–८ अश्वाराको उकालोमा एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्