माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका छन् ।
एकैदिन ३२ जनासम्म सङ्क्रमित देखिएसंँगै काठमाडौँ उपत्यकामा सङ्क्रमित हुनेको सङ्ख्या १५४ पुगेको छ । उपत्यकामा बन्दाबन्दी खुकुलो भएपछि सङ्क्रमण फैलिएको केहीले बताइरहेका छन् भने केहीले काठमाडौंमा समुदाय स्तरमा कोरोना फैलिसकेकाले सरकारले लकडाउनमा कडाइ गर्नुपर्ने बताइरहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडाँैमा देखिएको कोरोना आयातीत भएकाले डराउनुपर्ने अवस्था नरहेको प्रस्ट पारेको छ ।
रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले काठमाडौँमा कोरोना सङ्क्रमण समुदाय स्तरमा नफैलिएको दाबी गरे। उनले हालसम्म काठमाडौँ उपत्यकामा आयातीत व्यक्ति मात्र सङ्क्रमित रहेको जानकारी दिँदै जति जनालाई परीक्षण गरिएको छ ती सबै विदेशबाट आएको बताए । उनले१२ व्यक्ति अस्पतालमा जटिल रोग लिएर भर्ना भएका हुन्, उनीहरूलाई कसरी कोरोना सर्यो भन्ने विषय निक्र्यौल हुन सकेको छैन भने।
डा. पाण्डेका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका व्यक्तिका घर, वरपरका व्यक्तिलाई कोरोना परीक्षण गर्न लागिएको जानकारी दिए । केही स्थानका टोल टोलमा परीक्षण गर्ने तयारी भइरहेको भन्दै शनिबार २५० जनाको कोरोना परीक्षण गरिएको बताए ।
काठमाडौंमा हालसम्म कोरोना देखिएकामध्ये सबैभन्दा बढी व्यक्ति कुवेत, साउदी, कतार लगायतका मुलुकबाट आएका व्यक्ति रहेको जानकारी उनले दिए । काठमाडौँमा देखिएका सङ्क्रमितमध्ये १२ जनाको मात्र कोरोनाको स्रोेत पहिचान गर्न नसकिएको स्पष्ट गर्दै उनलेती स्थानमा स्वाब सङ्कलन गर्न थालिएको बताए ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण समुदाय स्तरमा गइसकेको दाबी गर्नुभयो । सरकारले कोरोनाविरुद्ध गरेका काम कोरोना नियन्त्रणभन्दा पनि कोरोना सार्ने खालको भएको भन्दै उनलेयही तरिकाबाट कोरोनाको जोखिम नघट्ने दाबी गरे।
दैनिक सयौँ एम्बुलेन्स, गाडी थानकोट र साँगा नाकाबाट भित्रिरहेको भन्दै डा. मरासिनीले ती व्यक्तिबाट उपत्यकामा कोरोना भित्रिसकेको हुन सक्ने बताए । उपत्यका भित्रिने प्रमुख नाकामा प्रयोगशाला स्थापना गरेर बाहिरी जिल्लाबाट उपत्यका भित्रिने व्यक्तिको कोरोना परीक्षण गर्नुपर्ने उनलेबताए ।
कोरिया, अस्ट्रेलिया लगायतका मुलुकको उदाहरण दिँदै उनलेनेपालमा पनि ती देशको मोडल अनुसार कोरोना नियन्त्रण सम्भव हुने जानकारी दिए । सरकारले कोरोनाविरुद्ध चालेका कदमले भने कोरोना नियन्त्रण हुनै नसक्ने उहाँको भनाइ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले काठमाडौंउपत्यकामा देखिएका कोरोना सङ्क्रमित विदेशबाट आएको बताए । अहिलेको अवस्थामा काठमाडौँमा समुदाय स्तरमा कोरोना फैलिएको भन्न नमिल्ने उनले बताए ।
यसैबीच काठमाडौंँको ढलको पानीमा समेत कोरोना भाइरस देखिएको अनुुसन्धानले देखाएको छ । ढलको पानीमा गरिएको अध्ययनले कोरोना भाइरस पुष्टि भएको देखाएको हो । सार्स–२ इन्भाइरोमेन्टल सर्भिलेन्सले दुई महिनादेखि काठमाडौंमा गरेको अध्ययनमा ढलमा कोरोना भाइरस देखिएको हो । जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले ढलको पानीमा कोरोना रहेको अध्ययनले देखाएको पुष्टि गर्दै यसले काठमाडौंउपत्यकामा समुदाय स्तरमा कोरोना भएको प्रमाणित गरेको जानकारी दिए ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले एक गैरसरकारी संस्थाले गरेको अध्ययनमा ढलको पानीमा कोरोना पुष्टि भएको जानकारी प्राप्त भएको बताए । उनलेयो विषयमा अनुसन्धान नभएकाले ढलको पानी सङ्कलन गरेर परीक्षण गर्दा पोजेटिभ आएको स्पष्ट पार्नुुभयो । गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर लेखेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...