'सिल्की हेयर एण्ड स्मूथ राइड' को विजेताहरू सार्वजनिक

नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमध्येको एक भाटभटेनीले लिभोनको साथमा मिलेर “सिल्की हेयर एण्ड स्मूथ राइड” उपभोक्ता योजना संचालन गरेको छ ।

यस योजना अन्तर्गत भाटभटेनी सुपरमार्केटबाट लिभोनका उत्पादनहरु खरीद गर्ने एकजना भाग्यशाली उपभोक्ताले प्रत्येक महिना यामाहा फेसिनो बाइक जित्ने अवसरका लागि एउटा कुपन प्रदान गरिने व्यवस्था गरिएको छ ।


Advertisement

यो योजनामा लिभोनका उपभोक्ताहरुले अत्यधिक अभिरुची राखेर सहभागीता जनाएका छन् ।

विजेता घोषणा कार्यक्रममा मिस नेपाल अनुष्का श्रेष्ठले सहभागी उपभोक्ताहरुको नाम अँकित कुपनहरुमध्येबाट एकजना भाग्यशाली विजेताको कुपन चयन गरेकी छिन् ।


Advertisement

जस अनुसार यो महिनाको लागि “सिल्की हेयर एण्ड स्मूथ राइड”  को यामाहा फेसिनो बाइक विजेता बनेका छन्,, कुपन नं ३३४० बाट कपन निबासी निशा सुनुवार । उक्त ग्राण्ड पुरस्कार विजेताका साथै अन्य १५ जना विजेताहरुले लिभोनको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्राप्त  गरेका छन् ।

यो उपभोक्ता योजना आगामी ३ महिनासम्म जारी रहने कम्पनीले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्