काठमाडौँ उपत्यकामा थपिए २८ कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्याकामा पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमित फेला परेको जनाएको छ ।

मंगलवार मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डाक्टर जागेश्वर गौतमले काठमाडौँमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।


Advertisement

काठमाडौँ जिल्लामा १४, भक्तपुर जिल्लामा ४ र ललितपुरमा १० जनामा कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो समयमा काठमाडौँमा कोरोना संक्रमण समुदायमा फैलिएको चर्चा चलिरहेको बेला काठमाडौँमा दिनानुदिन संक्रमण बढिरहेको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्