भेन्टिलेटरमा रहेका कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या ३९ पुग्यो

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमण पुष्टि भएका रौतहट परहवा नगरपालिका–७ का ३६ वर्षीय पुरुषको  ज्यान गएको हो।


Advertisement

नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 
 
उनका अनुसार ती व्यक्तिसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ। मृतक भारतको बैङ्गलोरबाट यही असार २४ गते फर्की पारहवाकै आइसोलेशनमा बसेका थिए। उनी कोभिड–१९ का कारण मृत्यु भएका आफ्ना दाइको अन्तिम संस्कारका लागि भारतको बैङ्गलौर गएका थिए। 

आइसोलेशनमा बसेका बेला यही असार २९ गते रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोहीदिन अस्पतालमा भर्ना गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए। स्वास्थ्यमा थप समस्या देखिएपछि बुधबार भेन्टिलेटरमा लगिएकोमा उपचारका क्रममा्निधन भएको हो । 


Advertisement

ती व्यक्तिको स्वाब सङ्कलन गरी हेटौँडास्थित प्रयोगशालमा परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्