कोरोनाले थप १ जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

कोरोना भाइरस संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ ।

कोभिडको राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मोरङको विराटनगरमा १ जनाको मृत्यु भएको जानकारी दिए ।


Advertisement

उनका अनुसार मोरङ जिल्लाको विराटनगर महानगरपालिका–५ निवासी ७७ वर्षीय पुरुषको साउन १९ गते कोरोनाले मृत्यु भएको हो ।

पुरानो मधुमेह र उच्च रक्तचापका बिरामी ती पुरुषको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । यससँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ५८ पुगेको प्रवक्ता गौतमले बताए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्