×

NMB BANK
NIC ASIA

मूल्यवृद्धिको मार

बिचौलिया हाबी हुँदा अचाक्ली मूल्यवृद्धि, व्यापारीको भाषा बोल्छन् सरकारी अधिकारी !

साउन २१, २०७७

NTC
Premier Steels

कोरोना भाइरस संक्रमणको महामारीसँगै सर्वसाधारण दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको मारमा परेका छन् ।

Muktinath Bank

केही दिनयता दैनिक उपभोग्य वस्तुमा दोब्बरभन्दा बढी मूल्यवृद्धि हुन थालेको छ । लकडाउनको बहाना बनाउँदै मूल्यवृद्धि गरेका व्यवसायीले पछिल्ला दिनमा बाढीपहिरो लगायतका कारण पनि मूल्यवृद्धि भएको बताउन थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यवसायीले उपभोग्य वस्तुमा उपभोक्तालाई ठग्दै गर्दा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग मुकदर्शक बनेको छ । कालिमाटी तरकारी बजारले सार्वजनिक गर्ने मुल्यसूचीभन्दा धेरै बढी मूल्यमा तरकारी किन्नुपर्दा उपभोक्ता ठगिएका छन् ।


Advertisment
Nabil box
Kumari

तरकारी बजारले दैनिक सार्वजनिक गर्ने मूल्यसूचीमा असार र साउनको तुलना गर्दा पनि धेरै नै अन्तर देखिएको छ । असार २० गते सानो गोलभेडाको मूल्य औसत १२ रुपैयाँ थियो तर साउन २० गते बजार मूल्य औसत ४२ रुपैयाँ रहेको छ । १ महिनामै सानो गोलभेडाको मूल्यमा ३० रुपैयाँको फरक देखिएको छ ।

Vianet communication

असारमा रातो आलुको बजार मूल्य औसत ५२ रुपैयाँ थियो भने साउन बढेर ६७ रुपैयाँ पुगेको छ ।

गत वर्षको तुलनामा पनि यस वर्ष तरकारीको मूल्यवृद्धि बढी छ । गत वर्ष साउनको १९ गतेको मूल्यसूची अनुसार रातो आलूको मूल्य प्रतिकिलो ४०–४२ रुपैयाँ रहेको थियो । यसपालि साउन २० गतेको मूल्यसूची अनुसार रातो आलुको मूल्य ६६–६८ रुपैयाँ प्रतिकेजी रहेको छ । चालम, दाल, चिनी लगायतमा पनि मूल्यवृद्धिको क्रम रोकिएको छैन ।

बिचौलिया हाबी

कालिमाटी तरकारी तथा फलफूल बजारले निर्धारण गरेकोभन्दा शतप्रतिशत बढी मूल्य तिरेर तरकारी बेच्नेहरू यतिखेर मौलाएका छन् । सोमवार कीर्तिपुर तरकारी बजारमा कनिके च्याउ प्रतिकिलो ३०० रुपैयाँमा बिक्री भइरहेको थियो तर कालिमाटी तरकारी बजारमा यसको मूल्य प्रतिकिलो २०० रुपैयाँ निर्धारण गरिएको थियो ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठ लकडाउनको समयमा मूल्यवृद्धि भएको बताउँछन् । ‘शुरूमा ढुवानीका साधनहरूको कमी, सडक अवरुद्धजस्ता कुराले प्रभाव पारेको थियो । अहिले भने त्यो अवस्था छैन तर पनि चिनीको भाउ बढिरहेको छ,’ उनले भने, ‘सरकारले मूल्यवृद्धिलाई गहन रुपले नलिँदा समस्या भयो ।’

सरकारले बजारको अवस्था कस्तो छ भन्ने विषयमा चासो नै नदेखाएको उनको आरोप छ । उनले भने, ‘बजारमा चिनीको अभाव हुने हो कि भन्ने चिन्ता छ, अब अहिले भाउ आकाशिएको छ ।’

चिनीको बजारमूल्य अहिले ९० रुपैयाँ रहेको छ । उनले भने, ‘मूल्यवृद्धि कहिले नियन्त्रणमा आउँछ ? यसबारे यसै भन्न सकिने अवस्था छैन ।’

अधिकारकर्मी भन्छन्, ‘सरकार रमिते बन्यो’

मुलुकमा सरकार छ भन्ने कुराको अनुभूत नहुँदा अहिले लुटपाट मच्चिएको राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् । लोकान्तरसँग उनले भने, ‘मुलुकमा अहिले सरकार छ भन्ने भान नै छैन, जसको शिकार उपभोक्ता बन्नुपरेको छ ।’ मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले बजारमा आफ्नो उपस्थिति देखाउन नसकेको दाबी उनले गरे ।

उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँ केन्द्रीय सरकार र स्थानीय सरकारबीच प्रभावकारी समन्वय नहुँदा मूल्यवृद्धिले उचाइ पाएको बताउँछन् । स्थानीय सरकार सञ्चालन ऐनले बजार अनुगमनको अख्तियारी स्थानीय तहको उपप्रमुखको नेतृत्वमा गर्न सक्ने व्यवस्था गरेको छ तर स्थानीय सरकारले त्यसबारे कुनै चासो नदेखाएको र कुनै काम नगरेको कारण यसको चपेटामा उपभोक्ता परेको उनले बताए ।

उनले भने, ‘उपत्यकाका कुनै पनि उपमेयरहरूले यस विषयमा कुनै चासो दिएको देखिएन । व्यापारी र स्थानीय तहबीच नै सेटिङ भएपछि बिचौलिया मौलाएको पाइयो ।’ सबै उपमेयरले व्यापारीबीच सेटिङ मिलाउन साँठगाँठ गरेकाले उपभोक्ता अधिकार छायाँमा परेको उनले बताए ।

उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारसँग मूल्य विश्लेषण तथा नियन्त्रण गर्ने विशेष संयन्त्र नभएका कारण बिचौलिया हाबी भएको बताए । बजारमा अनुगमन र नियन्त्रण फितलो भएको बताउँदै उनले वस्तु तथा सेवा क्षेत्रमा हालसम्म पनि सिन्डिकेट र कार्टेलिङ यथावत रहनुजस्ता कारणले बजारमा मूल्यवृद्धि नियन्त्रणबाहिर गएको बताए ।

काठमाठौं महानगरले नै गर्दैन अनुगमन

काठमाडौं महानगरमा पनि अन्य स्थानीय तहमा जस्तै उपप्रमुखको नेतृत्वमा अनुगमन समिति छ । उपप्रमुख हरिप्रभा खड्कीको नेतृत्वमा रहेको समितिको न कहिल्यै बैठक बस्छ, न कहिल्यै अनुगमन नै । लकडाउनअघि कहिलेकाहीँ  बजार अनुगमनमा गएजस्तो गर्ने गरिए पनि अहिले कुनै छलफल तथा काम नभएको समितिका एक सदस्यले लोकान्तरलाई बताए ।

ती सदस्यका अनुसार लकडाउनपछि बजार अनुगमनका विषयमा कुनै पहल भएको छैन, न त समितिको बैठक नै बसेको छ ।

हामीले मात्र अनुगमन गरेर हुन्न - विभाग

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी आफूहरूले निरन्तर बजारको अनुगमन तथा विश्लेषण गरिरहेको दाबी गर्छन् । लोकान्तरसँग उनले भने, ‘हामी मूल्यवृद्धि नियन्त्रणका लागि बजार अनुगमनमा निरन्तर  खटिएका छौं ।’

उनले पछिल्लो समय बाढी र पहिरोको कारण आपूर्तिमा समस्या हुँदा वस्तुको माग बढ्न गई मूल्यवृद्धि हुन पुगेको बताए । उनले भने, ‘हामीले बिहान–बिहान बजार गएर पनि अनुगमन गर्‍यौं, पछिल्लो समय आपूर्तिमा समस्या हुँदा माग बढ्न गएको र जसले मूल्यवृद्धिको स्थिति सिर्जना गरेको पाइयो ।’ यसरी महानिर्देशक सुवेदीले व्यापारीको जस्तै भाषा बोले ।

अनुगमन आफूहरूको मात्र जिम्मामा नपर्ने भन्दै अख्तियारी पाएका स्थानीय तहका सरकारले पनि सक्रियतापूर्वक अगाडि बढे मूल्यवृद्धि नियन्त्रणमा आउन सक्ने उनले बताए । उनले भने, ‘हरेक स्थानीय तहमा बजार अनुगमन तथा नियन्त्रण गर्ने अख्तियारी छ, उनीहरूले पनि बजार अनुगमन गरेर सहयोग गरे हुने ।’

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x