×

NMB BANK
NIC ASIA

श्रीलंकामा आज संसदीय चुनाव हुँदै, भारत र चीनको नजर

साउन २१, २०७७

NTC
Premier Steels

श्रीलंकामा बुधवार संसदीय चुनावको मतदान भइरहेको छ । 
 

Muktinath Bank

गोटाबाया राजपक्षेले राष्ट्रपति निर्वाचन जितेको आठ महिनापछि हुन लागेको संसदीय निर्वाचन उनकै दाइ महिन्दा राजपक्षेको दल श्रीलंका पोदुजाना पेरामुनाले जित्ने आकलन गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाइ महिन्दाको दलले बहुमत नपाएको भए पनि उनी प्रधानमन्त्री बन्न सकून् भनी गोटाबायाले राष्ट्रपति चुनाव जित्नेबित्तिकै संसद् विघटन गरेका थिए ।


Advertisment
Nabil box
Kumari

निर्वाचनमा एक करोड ६० लाखभन्दा बढी मतदाता छन् र तिनले आगामी पाँच वर्षका लागि २२५ जना सांसद निर्वाचित गर्नेछन् । 

Vianet communication

निर्वाचनमा ७० दल, ३१३ स्वतन्त्र समूह तथा ७ हजार ४५२ उम्मेदवार उठेका छन् । 

संसद्का लगभग दुई दर्जन सीटमा अल्पसंख्यकहरू रहेको उत्तरी र पूर्वी प्रान्तले एसएलपीपीलाई दुई तिहाइ बहुमत पुग्नबाट रोक्ने सम्भावना देखिन्छ । 

जम्मा चार वर्षअघि स्थापना गरिएको एसएलपीपीले चुनाव जित्ने प्रबल सम्भावना छ किनकि विपक्षी कमजोर र छिन्नभिन्न छ । 

प्रमुख विपक्षी युनाइटेड नेसनल पार्टी र त्यसबाट चोइटिएर गएको समगी जन बलवेगया प्रतिस्पर्धामा छन् । 

उत्तरी श्रीलंकामा रहेका तमिलहरूको भोट तमिल नेसनल अलायन्सले पाउँदै आएकोमा यसपालि मतदाताहरू उसप्रति अविश्वस्त छन् किनकि उसले अघिल्लो सरकारको पालामा तमिलको हितका लागि कुनै ठोस काम गरेन । 

कोभिड महामारीका कारण चसनाव प्रचार सामाजिक सञ्जाल तथा डोर टु डोर क्याम्पेनमा सीमित रह्यो । आमसभा गर्ने कुरै भएन । 
 

श्रीलंकामा ७० प्रतिशत सिंहली समुदायका मानिस छन् । उनीहरू बौद्ध धर्म मान्छन् । त्यहाँ १२ प्रतिशत हिन्दू, १० प्रतिशत मुस्लिम र लगभग ७ प्रतिशत क्रिस्चियन छन् । 

संसद्को कार्यकाल अगस्टसम्म भए पनि राष्ट्रपति गोटाबायाले मार्चमा नै संसद् भंग गरेका थिए । 

चुनावमा खराब अर्थतन्त्र, पर्यटन क्षेत्र ठप्प भएको स्थिति, बेरोजगारी तथा राष्ट्रिय सुरक्षा लगायतका विषय छन् ।

श्रीलंका विदेशी ऋणमा डुबेको छ । सानो देशमा लगभग ५६ अर्ब डलर विदेशी ऋण छ । ऋण चुकाउन सक्ने हैसियत आफूसँग नभएको श्रीलंकाले बताएको छ ।
 

राजपक्षे दाजुभाइलाई चीननिकट मानिन्छ । तर प्रधानमन्त्री महिन्दाले भारतसँग पनि राम्रो सम्बन्ध राखेका छन् ।

चीनले श्रीलंकालाई आर्थिक सहयोग गरिरहेको छ तर उसले ऋणजालोमा पारेर श्रीलंकाको हम्बनटोटा बन्दरगाह कब्जा गरेको आरोप लगाइन्छ ।  

भारतले श्रीलंकाका सम्बन्धमा नयाँ रणनीति बनाउन यस चुनाव परिणामलाई कुरेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x