कोराेनाका कारण १४ जिल्लामा निषेधाज्ञा, कतै मिति तोकेर कतै अनिश्चितकालका लागि

फाइल तस्वीर : वीरगञ्ज

कोरोना संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले १४ जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छन् ।

कोरोना संक्रमण देखिएका जिल्लामा संक्रमण थप नफैलियोस् भन्नका लागि निषेधाज्ञा जारी गरिएको हो ।


Advertisement

गृह मन्त्रालयले दिएको जानकारी अनुसार सप्तरी जिल्लामा साउन २६ गतेसम्म निषेधाज्ञा लगाइएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका र क्षीरेश्वर नगरपालिकाका केही क्षेत्रमा साउन २५ गतेसम्म निषेधाज्ञा लगाइएको छ । 


Advertisement

नुवाकोटका विभिन्न स्थानमा अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लगाइएको छ भने बाँके जिल्लामा २४ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञा लगाइएको छ । 

गृहमन्त्रालयका अनुसार बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा लगाइएको छ भने मोरङमा विराटनगर महानगरपालिकाभरि निषेधाज्ञा लगाइएको छ । 

झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका, महोत्तरीको सदरमुकाम जलेश्वर आसपास, सुनसरीको बराह क्षेत्र र बझाङका दुई गाउँपालिकाका क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । 

सर्लाही र स्याङ्जामा जिल्लाभर निषेधाज्ञा लगाइएको छ भने दार्चुलाको मार्मा गाउँपालिकाका केही क्षेत्रमा निषेधाज्ञा लगाइएको छ ।

संक्रमणको जोखिम कम हुनासाथ निषेधाज्ञा हटाइने ती जिल्लाका प्रशासनले जनाएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्