बाबुरामको वरीयता मिलाउन जनता समाजवादी पार्टीको कार्यकारिणी समिति बैठक

तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको पहिलो बैठक राजधानीमा शुरू भएको छ ।

ललितपुरको बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा शुरू बैठकमा मुलुकको समसामयिक विषयमा छलफल भइरहेको छ । 


Advertisement

बैठकको अध्यक्षता अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले गरेका छन् । अध्यक्षद्वयसँगै बैठकको अग्रभागमा डा. बाबुराम भट्टराई र राजेन्द्र महतो पनि बसेका छन् । 

बुधवारको बैठकले नेता डा. बाबुराम भट्टराईको वरीयता तय गर्ने जसपा स्रोतले बतायो ।


Advertisement

पार्टी एकताको क्रममा प्राविधिक कारण भन्दै भट्टराईको नाम अशोक राईको भन्दा पछि चौथो स्थानमा राखिएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्