विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चार पक्राउ

नेत्रविक्रम चन्द समूह नेकपाका रुकुम(पश्चिम) जिल्ला सेक्रेटरीसहित चार नेता कार्यकर्ता पक्राउ परेका छन् ।

प्रहरीले जिल्लाको आठबीसकोट नगरपालिका–९, राडी बजारबाट जिल्ला सेक्रेटरी हिरामणि रावलसहित चार जनालाई पक्राउ गरेको हो । 


Advertisement

लुकीछिपी कार्यक्रम गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्लाको मुसीकोट नगरपालिका–६ का ३९ वर्षीय जिल्ला सेक्रेटरी रावलसहित पार्टीका जिल्ला सदस्य २८ वर्षीय घमण्ड महर र विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष १९ वर्षीय प्रेमप्रशान्त बोहरालाई पक्राउ गरेको हो । 

त्यस्तै सोही टोलीमा रहेका पार्टीका कार्यकर्ता २० वर्षीय तुलबहादुर घर्ती पनि पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।


Advertisement

जाँच गर्दा राडीबजारको एक होटलको कोठामा छलफल गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक केसीले बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्