कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
‘जतिसुकै समस्या परोस्, हामी आफ्नो कर्तव्य अनुसार काम गरिरहेका छौं । घरबाट निकालियौं, समाजबाट टाढियौं तर पनि काम गरिरहेका छौं, तपाईंहरूको लागि ।’ यो जिम्मेवार भनाइ सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् स्वास्थ्यकर्मी (प्यारामेडिक्स) अशोक आचार्यले ।
‘हामीलाई कुनै सम्मान चाहिएको छैन तर सम्बन्धित निकायले यो बुझ्न जरूरी छ कि कोरोनाको बिरामी हामीले हेरेका छौं आफ्नो जीवन दाउमा राखेर । जब बिरामी अस्पताल आउँछ पहिला बिरामीलाई हेर्ने हामी नै हो । यस्तो बेलामा काम गरिरहेका हामीहरूको मनोबललाई बढाउनतिर लागोस् ।’ यो पनि अशोककै अर्को पोस्ट हो । विभिन्न गहन जिम्मेवारीबोध सहितका पोस्टहरू उनको फेसबूकमा प्रशस्त भेटिन्छन् ।
उनी बुटवलको धागो कारखानास्थित कोरोना–१९ विशेष अस्थायी अस्पतालमा महामारी शुरू भएदेखि कार्यरत छन् । २२ वर्षीय अशोकले सरकारी सेवामा काम गर्ने लक्ष्यका साथ स्वास्थ्य क्षेत्रको अध्ययनमा गरेका थिए ।
अर्घाखाँचीको मालारानी गाउँपालिका–५ स्थायी घर भएका आचार्य बुटवलस्थित मेडिटेक एचए कलेजबाट २०७६ सालमा उत्तीर्ण भए । अध्ययन पूरा गरेसँगै केही समयमा लुम्बिनी प्रादेशिक अस्पतालमा स्वयंसेवक भएर काम गरे । लगत्तै बुटवलकै सिद्धबाबा हस्पिटल प्रालिले प्यारामेडिक्सको माग गरेपछि त्यही आवेदन दिएपछि जागिरको अवसर पाए ।
उनलाई सरकारी अस्पतालमा काम गर्ने मनैदेखि इच्छा थियो । २–४ महिना सिद्धबाबा हस्पिटलमा काम गर्दैगर्दै नेपालमा पनि कोरोना महामारी फैलिने संकेतसँगै प्रदेशिक अस्पतालले नर्स, प्यारामेडिक्सको माग गर्यो । उनको दिए र छनोटमा पनि परे ।
करारमै भए पनि उनले सरकारी अस्पतालमा चैत ११ गतेदेखि (लकडाउन शुरू हुँदैको दिन) देखि रात्रीकालीन जिम्मेवारी सम्हाले । उनीसँगै अस्पतालमा काम गर्ने अन्य नर्स, चिकित्सकबीच कोरोना संक्रमित बिरामी आए के गर्ने होला ? कसरी नजिक गएर उपचार गर्ने, बिरामी सिकिस्त आएहाले कसरी नजिक पर्ने ? यस्ता छलफल दैनिकजसो हुन्थे तर अशोकलाई डरभन्दा पनि उत्साह थियो ।
उनीसँगै अस्पतालमा प्यारामेडिक्स ६ जना कार्यरत छन् भने ३० भन्दा बढी नर्सहरू । २–४ दिनसम्म ड्युटी चलिरहे पनि संक्रमित बिरामी थिएनन् । शंकास्पद बिरामी मात्र आउँथे ।
रुपन्देहीमा वैशाख १९ गते पहिलो संक्रमितलाई दिउँसोतिर अस्पतालमा ल्याइयो तर संक्रमितको नजिक पर्ने आँट कसैले गरेनन् । बिरामी पहिलो संक्रमित भएकाले सबैले परैपरैबाट हेरे ।
कोभिड अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बिरामी आएपछि संक्रमितको ‘भेन ओपन’ (हातमा नसा खोलेर औषधि दिने स्थान) गरेर राख्न निर्देशन दिएका थिए तर ‘भेन ओपन’ गर्न कोही पनि तयार भएनन् ।
तर अशोकले डा. सुदर्शनको निर्देशन बमोजिम संक्रमितको ‘भेन ओपन’ गर्ने आँट गरे । सुरक्षित रुपमा काम गरे संक्रमण हुँदैन भन्नेमा उनी विश्वस्त थिए । सोही बमोजिम उनी बिरामीको नजिक गए, संक्रमितलाई सम्झाए – केही हुँदैन, संक्रमण निको हुन्छ, लक्षण पनि छैन ।
संक्रमितलाई ३० मिनेट परामर्श दिएर भेन ओपन गरेर अशोक बाहिर निस्किए । बाहिर आएपछि हेल्परलाई स्यानिटाइज गर्न भने । त्यसपछि आफूले लगाएको पीपीई फुकाल्दा भने उनी केही झसंग हुँदै जागिर लाग्दा घरमा परिवारले भनेको कुरा सम्झे ।
कोभिड अस्पतालमा जागिर शुरू गर्नुपूर्व उनले घरमा बुवाआमालाई ‘बिरामीको नजिक जानु पर्दैन, सीसीटीभी क्यामेरा हेरेर समस्या परे सोध्ने हो, बिरामीको नजिक जाने होइन’ भनेर सम्झाएका थिए । पहिलो संक्रमित आएको २ दिनपछि कपिलवस्तुबाट एकैसाथ ९ जना संक्रमितलाई अस्पताल ल्याइयो । त्यसको ३ दिनपछि फेरि कपिलवस्तुबाटै २४ जना संक्रमित आए ।
अस्पतालको आइसोलेनस वार्ड संक्रमितले भरिए । संक्रमित थपिँदै, काम गर्दै जाँदा स्वास्थ्यकर्मीहरू संक्रमितको उपचारका लागि मानसिक रूपमा पनि तयार भइसकेका थिए । संक्रमितलाई स्वास्थ्यकर्मीसहित हेल्परहरूले खाना पुर्याइदिन्थे । अन्य सेवामा पनि खटिरहनुपर्थ्यो । वैशाख १९ गतेदेखि १४ दिन लगातार काम गरेर अशोक क्वारेन्टीन बसे । काम गरेर क्वारेन्टीन बस्न होटल सिद्धार्थ कटेजमा व्यवस्था गरिएको थियो । संक्रमितको उपचारमा खटिएका आचार्यसहित स्वास्थ्यकर्मीको स्वाब जाँच गर्न पठाइयो । रिपोर्ट आउँदा अशोकको पीसीआर रिपोर्ट पोजेटिभ आयो ।
‘व्यक्तिगत सुरक्षाका उपकरणहरू राम्रोसँग प्रयोग गरेको थिएँ । सावधानी अपनाएकै थिएँ तर खै के गर्दा संक्रमण भयो,’ उनले आश्चर्य व्यक्त गरे, ‘रिपोर्ट पोजेटिभ आउँदा मलाई केही असहज ‘फिल’ नै भएन । किनकि मलाई कुनै कोभिडको लक्षण पनि थिएन । निको हुन्छ भन्नेमा ढुक्क थिए ।’
उनलाई आइसोलेनमा कहाँ लैजाने भनेर छलफल भएपछि प्रादेशिक अस्पतालको बालपोषण पुनःस्थापना गृहमा राख्ने कुरा भयो । एम्बुलेन्सलाई खबर गरियो । त्यो बेला तत्कालै एम्बुलेन्स भेटिएन । राति साढे १० बजे उनी राजमार्ग चौराहाबाट, हिँड्दै अस्पतालसम्म पुगे । आचार्यले भने, ‘अरु संक्रमित आउँदा एम्बुलेन्सको ढोका खोल्न पुग्ने स्वास्थ्यकर्मी आफैं संक्रमण हुँदा हिँड्दै अस्पताल पुग्नुपर्यो । राति साढे १० बजे हिँड्दा अरु कसैलाई संक्रमण नहोस् भनेर ३ वटा मास्क लगाएर १०० मिटरको दूरी कायम गरी हिँडे ।’
हिँडेर अस्पताल जानुपर्दा मन खिन्न भएको उनले सुनाए । घरबाट महामारीमा जोखिम नमोल्न भनेका बेला काम गर्दागर्दै कोरोना देखिएपछि उनले आइसोलेसनमा बस्दा घरमा बुवाआमालाई संक्रमण भएको जानकारी दिएनन् ।
‘अन्य समयमा दैनिक रुपमा घरमा भिडियो कल हुन्थ्यो । आइसोलेसनमा बस्दा फोन सम्पर्क गरे तर भिडियो कल गरिनँ । दाइलाई भने मलाई पोजेटिभ रिपोर्ट आएको तर लक्षण केही छैन भनेको थिएँ । किनभने पछि केही पर्यो भने त समस्या हुन्छ, एउटालाई भन्नुपर्छ भनेर जानकारी गराएँ,’ उनले भने, ‘आइसोलेसनमा बस्दा दिन काट्न पट्यार लाग्थ्यो ।’
आइसोलेनसमा बसेको ९ दिनपछि उनको रिपोर्ट नेगेटिभ आयो । त्यसपछि उनी होटलमै १ हप्ता क्वारेन्टीनमा बसे । होम क्वारेन्टीनको अवधि पूरा गरेपछि उनलाई डा. सुदर्शनले १५ दिन बिदा दिए तर उनी १ हप्ता मात्र बिदा बसे ।
निको भएपछि पनि उनलाई दाइले जागिर छाडेर घर आउन भनेका थिए तर उनले दाइलाई सम्झाएर केही हुँदैन भने । निको भएपछि उनी प्रादेशिक अस्पतालमा उपचारका लागि आउने शंकास्पद बिरामीलाई हेर्न थाले ।
शंकास्पद बिरामीले उनलाई भन्थे, ‘बाबु मलाई पनि कोरोना लागेको छ कि ?’ उनले सम्झाउँथे, ‘मलाई पनि संक्रमण भएर निको भएको हो । केही हुँदैन, लागे पनि डराउन पर्दैन ।’
उनले भने, ‘डराउने बिरामीको आत्मबल बढाएँ । म आफैं संक्रमण भएर निको भएको हुँ भन्दा डराउनेहरू ढुक्क हुन्थे ।’
शुरूशुरूमा अस्पतालमा काम गर्छु भन्दा भाग्नेहरूले अहिले भने त्यस्तो गर्न छाडेको उनले बताए । उनी महामारीका बेलामा काम गर्ने स्वास्थ्यकर्मीको मनोबल बढाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘पीपीई लगाएर ८ घण्टा ड्युटी गर्नुपर्ने स्वास्थ्यकर्मीलाई सोध जागिर के हो ? बल्ल थाहा हुन्छ ।’
महामारीमा काम गर्ने स्वास्थ्यकर्मीलाई राज्यले महामारी पछिको समयमा पनि रोजगारीको ग्यारेन्टी गर्नुपर्ने अशोक बताउँछन् । ‘घरपरिवार, समाज बालबच्चा छाडेर होटलको बास गरी राष्ट्रसेवामा खटेका चिकित्सक, नर्स, प्यारामेडिक्सहरूले गरेको यो समयको योगदानको उच्च मूल्यांकन हुनुपर्छ,’ उनले भने । महामारीमा खटिएका स्वास्थ्यकर्मीलाई शतप्रतिशत जोखिम भत्ता दिने बताएको छ । अझैसम्म सबै स्वास्थ्यकर्मीले भत्ता पाएका छैनन् तर सेवामा निरन्तर खटिएर काम गरिरहेका छन् ।
(यो रिपोर्ट फ्रीडम फोरमको सहकार्यमा तयार पारिएको हो ।)
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...