×

NMB BANK
NIC ASIA

चर्को विद्युत् महसुलको मारमा उद्योगी

साउन २५, २०७७

NTC
Premier Steels

बुटवल–भैरहवा औद्योगिक करिडोरअन्तर्गत रहेको पञ्चकन्या स्टिल र प्लास्टिक उद्योगले स्थापनादेखि नै विद्युत् प्राधिकरणलाई नियमित शुल्क तिर्दै आएको छ ।

Muktinath Bank

दुई उद्योगको गरेर मासिक झन्डै ३० लाख विद्युत् महसुल तिर्ने यो उद्योगको अहिले प्राधिकरणमा ११ करोड बक्यौता देखिएको छ । प्राधिकरणले माग नगरेकै ट्रंक लाइनको भार दुई वर्षपछि आएर थोपरेपछि नियमित महसुल बुझाउँदै आएका उद्योगी तनावमा छन् । प्राधिकरणले बक्यौता नबुझाएको भन्दै उद्योगीले बुझाउने गरेको नियमित बिलको रकम बक्यौताको ब्याजमा कटौती गर्ने गरेको छ । त्यसले उद्योगी थप मारमा परेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिलेसम्म ट्रंक लाइन माग नगरेको पञ्चकन्या ग्रुपका महाप्रबन्धक देवेन्द्र श्रेष्ठले बताए । बरु उनले ०७४ सालमै लाइन परिवर्तनको हल्ला सुनेपछि नराख्न आग्रह गर्दै प्राधिकरणदेखि उद्योग वाणिज्य संघ र महासंघसम्म नै हारगुहार गरे । तर, सुनुवाइ भएन । उल्टै अहिले त्यतिबेलादेखिकै विद्युत् प्रयोग गरेबापतको बक्यौता रकम भन्दै प्राधिकरणले ‘छुट बिल’ पठाएको छ । त्यसले अहिले करिडोर क्षेत्रका २२ उद्योग चर्को महसुलको समस्या र अन्योलमा छन् ।


Advertisment
Nabil box
Kumari

‘हामीलाई न ट्रंक लाइन जोडेको जानकारी छ, न हामीले बिल नतिरेको कुनै महिना नै छ,’ उनले भने, ‘तर, अहिले आएर ट्रंक लाइनबापतको बक्यौता भन्दै करोडौंको बिल आउन थालेको छ ।’ जुन रकम उद्योगीले तिर्न सक्ने अवस्था नरहेको उनले बताए ।

Vianet communication

३३ केभीएको प्रसारण लाइनमा विद्युत् जडान गरेर उद्योग सञ्चालन गर्दै आएका करिडोरका २२ उद्योगले आफूहरू कसरी ट्रंक लाइनमा परियो भन्ने जानकारी अहिलेसम्म पाएका छैनन् । त्यसको कुनै जानकारी प्राधिकरणले उद्योगलाई दिएको छैन । ट्रंक लाइन प्रयोगबापतको ‘छुट बिल’ भन्दै बिल रकम मात्र पठाउने गरेको उद्योगीको गुनासो छ ।

बुटवलको योगीकुटी सब स्टेसनबाट अमुवा, भरौलिया, धकधई, लुम्बिनीसहित विद्युत्का ६ प्रसारण लाइन भैरहवा वितरण केन्द्रसम्म पुगेका छन् । अधिकांश उद्योग तिनै लाइनबाट चल्छन् । ०७४ चैतमा करिडोरकै एक उद्योगलाई लाइन दिन प्राधिकरणको भैरहवा वितरण केन्द्रले ट्रंक लाइन जोडेको थियो । एक उद्योगमा मात्र ट्रंक लाइन उपलब्ध गराउँदा विवाद बढ्ने त्रासले मागबिना नै अन्य उद्योगलाई पनि ट्रंक लाइन जडान गरिएको हो । तर जडान गरेको १९ महिनापछि प्राधिकरणले सबै उद्योगलाई चर्को महसुलको बिल दिएको छ ।

भलवारी स्वचालित चामल कारखानाका सञ्चालक चन्द्रमान श्रेष्ठ पनि झन्डै ७ महिनादेखि उद्योग बन्द गर्ने कि सञ्चालन गर्ने भन्ने तनावमै छन् । ०६३ सालमा खोलेको उनको उद्योगले अहिले सञ्चालनयताकै सास्ती खेप्दै छ । नियमित विद्युत् महसुल बुझाउँदै आएको उद्योगलाई गत माघदेखि माग नै नगरेको ट्रंक महसुल बक्यौता भुक्तानी गर्न दबाब दिँदै आएको छ । जुन साविकको भन्दा ६६.६७ प्रतिशतले शुल्क वृद्धि गरिएको छ ।

ट्रंक लाइन जडानअघि उनले प्रतियुनिट १० रुपैयाँ मात्र तिर्थे । ट्रंक लाइन नहुँदासम्म १ लाख ३० हजार मासिक शुल्क तिर्दै आएका उनको त्यही उद्योग सञ्चालन गर्दा अहिले ट्रंक लाइनबापत मासिक २ लाख ५० हजार रुपैयाँ बिलिङ हुने गरेको छ । प्राधिकरणले माघमा पत्र पठाउँदै ०७५ सालदेखि नै प्रतियुनिट १७ रुपैयाँका दरले तिर्नुपर्ने भनेपछि अहिले उनी त्यसको न्याय खोज्दै मन्त्रालयदेखि विभिन्न संघसंस्था धाउँदै छन् । 

‘मेरो विद्युत्को कुनै बक्यौता पनि छैन, मैले प्राधिकरणसँग कहिल्यै ट्रंक लाइन पनि माग गरिनँ,’ उनले भने, ‘तर, अहिले आएर बक्यौता भन्दै करोडौं तिर्नुपर्ने बिल र दबाब आइरहेको छ, जुन तिर्नै सकिँदैन ।’ उनको पनि नियमित तिर्दै आएको बाहेक बाँकी बक्यौता झन्डै १ करोड छ ।

माग गर्ने एक, समस्यामा २२ उद्योग
भैरहवा वितरण केन्द्रका एक कर्मचारीका अनुसार करिडोरमै रहेको अम्बे स्टिललाई विद्युत् कम भएपछि तत्कालीन कार्यालय प्रमुख उमेश झाले ट्रंक लाइन उपलब्ध गराएका थिए । करिडोरमा रहेका पुराना उद्योगमध्ये ट्रंक लाइन माग गरेर जडान गर्ने अम्बे स्टिल उद्योग हो । अन्य व्यवसायीको आन्दोलनमा अम्बे स्टिल सहभागी पनि छैन ।

‘छुट बिल’ आन्दोलनमा सहभागी एक उद्योगीले पहुँचवाला उद्योगकै कारण अन्य उद्योग संकटमा परेको बताए । ट्रंक लाइन वितरण गरेका कार्यालय प्रमुख झाले भने विद्युत्को आन्तरिक लोड व्यवस्थापन गर्न उद्योगहरूमा ट्रंक लाइन जोडिएको दाबी गरे । ‘भैरहवाको लोडसेडिङ घटाउन र आन्तरिक लोड व्यवस्थापन गर्ने क्रममा उद्योगमा ट्रंक लाइन जडान गरिएको हो,’ उनले भने, ‘जानकारीबिनै जोडियो भन्नु गलत हो ।’

दुई वर्षअघिको कुरा भएकाले पत्र नै पठाए/नपठाएको भन्ने आफूले जानकारी दिन नसक्ने तर कार्यालयमा रेकर्ड हुन सक्ने बताए । तर कार्यालयमा अहिले आन्दोलनमा सहभागी २२ उद्योगीले ट्रंक लाइन जडानका लागि दिएको निवेदनको कुनै रेकर्ड छैन ।

४१ करोड बक्यौता
प्राधिकरणले करिडोर क्षेत्रका उद्योगमा ट्रंक लाइन जडान भएको र त्यसको प्रतियुनिट लागत बढी हुने भन्ने कुनै जानकारी उद्योगीलाई दिएन । उद्योगीले प्रतियुनिट १० रुपैयाँ लागत राखेर सामग्री उत्पादन गरे । त्यसकै आधारमा मूल्य कायम गरे ।

बिक्रीपछिको आम्दानी खर्च हिसाब गरेर लेखा परीक्षण गराए । नाफा/घाटा केलाए । अहिले आएर विद्युत् महसुलबापतको करोडौं रकम बुझाउन सक्ने अवस्था नरहेको रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहराले बताए ।

‘उद्योगीले कच्चा पदार्थ, जनशक्ति, विद्युत्लगायतको लागतका आधारमा उत्पादित वस्तुको बिक्री मूल्य तय हुन्छ,’ उनले भने, ‘मूल्य कायम भएर वस्तु बजार गएपछि थप महसुल तिर्न भन्नु राज्यको गलत प्रवृत्ति हो ।’ लागतमा थप हुने मूल्यले राजस्वमा समेत प्रभाव पार्छ । लेखा परीक्षण गरेर नाफाघाटाको समेत हिसाब मिलान गरेको दुई वर्षपछि उद्योगीले करोडौं रकम तिर्न नसक्ने उनको भनाइ छ ।

ऊर्जा क्षेत्रमा अहिलेसम्म निजी क्षेत्र सहभागी छैनन् । त्यसले विद्युत्मा राज्यको एकाधिकार छ । त्यही एकाधिकारको फाइदा उठाउँदै प्राधिकरणले अर्बौं रकम असुल्ने प्रयास गरेको भन्दै जानकारीबिना जडान भएको र गरिएको ट्रंक लाइनको शुल्क मिनाह गर्नुपर्ने उनको माग छ । रुपन्देहीका २२ उद्योगको मात्र ट्रंक लाइनबापतको ‘छुट बिल’ रकम ४१ करोडभन्दा बढी छ । त्यसका लागि उद्योगीले प्रदेश सरकार, उद्योगी व्यापारीका संघसंस्था, प्राधिकरण, संघीय सरकारलगायतमा ज्ञापनपत्र बुझाउने र छलफल चलाउने गरेका छन् ।

ट्रंक लाइनको विषयमा देखिएको विवादले प्राधिकरण र उद्योगी दुवै समस्यामा परेको विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय बुटवलका प्रमुख नवराज सुवेदीले बताए । विद्युत् महसुल संकलन विनियमावली परिमार्जन नहुँदासम्मको रकम मिनाहा हुन नसक्ने उनको भनाइ छ । समग्र अवस्था हेर्दा उद्योगी मर्कामा परेको देखिए पनि प्राधिकरणको कानुनअनुसार महसुल तिर्नैपर्ने उनले जानकारी दिए ।

विद्युत् प्रयोग गरेपछि महसुल तिर्दैनौं भन्न मिल्दैन,’ उनले भने, ‘ट्रंक लाइन नै माग नगरेको र जानकारी नभएको भन्ने विषयमा केन्द्रीय तहबाटै समिति गठन भएर प्रतिवेदनसमेत सरकारमा गएकाले त्यसकै आधारमा निर्णय होला ।’

यही साउनदेखि विद्युत्को ट्रंक र डेडिकेटेड लाइन भन्ने नभए पनि विनियम परिमार्जन हुनुअघिको विषयमा सरकारको निर्णय कुर्नुपर्ने उनले बताए । व्यवसायीको समस्याको विषयमा हिजोको अवस्था र अहिलेको व्यवस्थाअनुसार प्रतिवेदन तयार गरेर केन्द्रमा पठाइएको उनले जानकारी दिए । कान्तिपुर दैनिकमा घनश्याम गौतमले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x