×

NIC ASIA

कोरोनालक्षित खर्च

डेढ महिनाको अवधिमा झण्डै ३६ करोडको मास्क र ३० करोडको स्यानिटाइजर आयात

साउन २५, २०७७

Prabhu Bank
NTC
Premier Steels

कोरोनाभाइरस (कोभिड १९)को महामारीसँगै नेपालमा मास्क तथा स्यानिटाइजरको आयातमा वृद्धि भएको छ । 

Muktinath Bank

महामारी फैलिएसँगै मास्क र स्यानिटाइजरको आयातमा वृद्धि भएको भन्सार विभागका निर्देशक शिशिर घिमिरेले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विश्व स्वास्थ्य संगठनले कोरोनाको महामारीलाई रोकथाम तथा न्यूनीकरण गर्न अनिवार्य रूपमा मास्क तथा ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्न भनेको छ ।


Advertisment
Nabil box
Kumari

संगठनको यस्तो आह्वानलाई विश्वका अधिकांश मुलुकले समर्थन जनाएसँगै यसको प्रयोगमा व्यापकता आएको छ । 

Vianet communication

सामान्य अवस्थाको रुघाखोकी तथा धुलोधुवाँका कारण नेपालमा मास्क केही वर्ष अघिदेखि नै प्रचलनमा रहेको थियो, यद्यपि ठूलो मात्रामा आयात भने गर्नुपरेको थिएन । 

विभागका निर्देशक घिमिरे भन्छन्, ‘कोरोना महामारीसँगै मास्कको आयातमा वृद्धि भएको सहजै देखिन्छ ।’

भन्सार विभागका अनुसार कोरोना महामारीमा डेढ महिनाको अवधिमा मात्र नेपालमा २९ करोड ५० लाख रुपैयाँ बराबरको स्यानिटाइजर आयात भएको छ । 

चैतदेखि असारसम्मको अवधिमा बढी मात्रामा स्यानिटाइजर आयात भएको निर्देशक घिमिरे बताउँछन् । 

उनले भने, ‘महामारी शुरू भएपछि स्वाभाविक रूपमा स्यानिटाइजरको प्रयोग बढ्यो, प्रयोग बढेपछि आयात पनि बढ्न गयो ।’

उनका अनुसार सो अवधिमा ५ सय ९२ मेट्रिक टन स्यानिटाइजर आयात भएको छ । नेपालले कोरोना भाइरसको महामारी शुरू भएसँगै चीन, भारत, अमेरिका लगायतका मुलुकबाट स्यानिटाइजर आयात गरेको हो । 

गत जेठ १५ भन्दा अगाडि भन्सार विभागले मास्क तथा स्यानिटाइजरको छुट्टै तथ्यांक सार्वजनिक गर्ने गरेको थिएन । 

यद्यपि जेठ १५ गते नयाँ आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट सार्वजनिक भएसँगै मास्कको विशेष तथ्यांक बनाउन थालेको छ ।

‘कोरोना महामारी शुरू भएसँगै मास्कको प्रयोगमा व्यापकता आयो, त्यसपछि मात्रै हामीले विशेष अभिलेख राख्न शुरू गर्‍यौं,’ घिमिरे भन्छन् ।

यसअघि मास्कलाई कपडाका अन्य तयारी वस्तु भन्ने शीर्षकमा राखिन्थ्यो । 

राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा यसको व्यापार नै नगरिएको भन्दै यसको छुट्टै कोड नदिइएको निर्देशक घिमिरे बताउँछन् । 

‘अब भने छुट्टै राष्ट्रिय कोड तयार पारेर राखेका छौं’, उनले भने ।

विभागका अनुसार, गत जेठ १५ पछि असार मसान्तसम्ममा नेपालमा ७३ मेट्रिक टन मास्क आयात भएको छ । 

अहिलेसम्मको तथ्यांकमा ३५ करोड ८० लाख रुपैयाँ बराबरको मास्क आयात भएको निर्देशक घिमिरेले बताए ।

नेपालमा चीन, भारत, म्यानमार लगायतका मुलुकबाट मास्क आयात गर्ने गरेको छ । 

गत असार मसान्तसम्ममा  नेपालले चीनबाट सबैभन्दा धेरै ३४ करोड ९२ लाख रुपैयाँ बराबरको ६७ हजार ८ सय ३३ किलो मास्क आयात गरेको छ । 

विभागका अनुसार सोही अवधिमा भारतबाट ३८ लाख २७ हजार रुपैयाँ बराबरको ४ हजार ८ सय १० किलो मास्क आयात भएको छ । 

म्यानमारबाट ३ लाख ७८ हजार रुपैयाँ बराबरको मास्क आयात भएको छ भने कोरियाबाट १८ लाख ७१ हजार रुपैयाँ, ताइवानबाट ११ लाख ४४ हजार, हङकङबाट ८ लाख ५७ हजार रुपैयाँ बराबरको मास्क आयात भएको छ । 

साउन महिना भने चालू रहेकाले तथ्यांक आइसकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x