गौतम बुद्ध नेपालमा जन्मेको प्रमाणित भइसकेको छ, बहस आवश्यक छैन : परराष्ट्र मन्त्रालय

गौतम बुद्ध महान् भारतीय भन्ने भारतीय विदेश मन्त्री डा. एस जयशंकरको अभिव्यक्तिको परराष्ट्र मन्त्रालयले खण्डन गरेको छ । 

सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्रालयका आधिकारिक प्रवक्ताले भनेको कुरा उल्लेख गर्दै मन्त्रालयले बुद्ध नेपालमा जन्मिएको निर्विवाद एवं ऐतिहासिक र पुरातात्विक तथ्य रहेको स्पष्ट गरेको छ । 


Advertisement

'बौद्ध धर्म नेपालपछि संसारका अन्य भागमा फैलिएको हो, गौतम बुद्धको जन्मस्थानको विषय निर्विवादित छ । यो बहसको विषय हुन सक्दैन, सम्पूर्ण अन्तराष्ट्रिय समुदाय यसबारे जानकार छ,' परराष्ट्रले भन्यो ।

सन् २०१४ मा नेपाल भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा सम्बोधन गर्दा नेपाल बुद्ध जन्मभूमि भनेर स्वीकार गरेको कुरा पनि परराष्ट्रले स्मरण गराएको छ । 


Advertisement

भारतीय विदेशमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि विरोध जनाएका छन् । 

एक कार्यक्रममा भारतीय विदेशमन्त्री जयशंकरले भारतका दुई महान व्यक्तिको नाम लिनुपर्दा गौतम बुद्ध र महात्मा गान्धीको नाम लिने गरेको बताएका थिए । 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्