चैत २५, २०७९
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
साउन २६, २०७७
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधानका निम्ति पार्टीभित्र विभिन्न दबाब समूह सक्रिय भएका छन् ।
पार्टी विभाजनका विपक्षमा भन्दै आइतवार नेकपाका ६१ सांसदहरूले हस्ताक्षर नै गरेका छन् ।
विभाजनकारी शक्तिको विपक्षमा उभिने र कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिबद्धताका साथ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदहरूले सामूहिक हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरकर्ता उदयपुरका सांसद सुरेशकुमार राईले पार्टी फुट्ने अवस्था आयो भने आफ्नो छुट्टै टीम बन्न सक्ने बताएका छन् ।
लोकान्तरकर्मी ईश्वर अर्यालसँग कुरा गर्दै राईले सकेसम्म पार्टी फुट्न नदिने र फुटिहाल्यो भने हस्ताक्षरकर्ताको छुट्टै टीम बन्नसक्ने सम्भावना रहेको बताएका हुन् । प्रस्तुत छ राईसँगको कुराकानीको सम्पादित अंश -
तपाईंहरूले पार्टी विभाजनको विपक्षमा हस्ताक्षर जुटाउनुभएको छ, यसको अर्थ हस्ताक्षर नगर्ने सबै विभाजनको पक्षमा देखिएको तपाईंहरूको ठहर हो ?
हामीले पार्टी विभाजनको विपक्षमा सचिवालय र स्थायी कमिटी अनि मन्त्रीहरूलाई हस्ताक्षर अभियानमा सामेल गरेका छैनौं ।
यतिबेला विभाजनको पक्षमा कोही छ जस्तो लाग्दैन र हुनु पनि हुँदैन । तर केही प्रवृत्ति यस्तो देखियो, जसले समूह बनाएर त्यसको पक्षधरता लिने र नेताहरूलाई प्रोभोक गर्ने । हामी त्यसको पनि विपक्षमा उभिएका हौं।
हामी निर्वाचित सांसद हौं र यो पार्टी र देश बनाउन हाम्रो भूमिका अवश्य नै छ । त्यो भूमिका निर्वाह गरेका हौं । अहिले हामी लगभग १ सय जना जतिको हस्ताक्षर पुर्याउने अभियानमा छौं । पार्टी एकता भएको पद र प्रतिष्ठा पाउन मात्र होइन भन्ने स्थापित गर्न जरुरी छ ।
स्थायी शान्ति कायम गर्ने, समृद्धिका सपनाहरू पूरा गर्ने र मुलुकलाई राजनीतिक स्थायित्व दिएर अघि बढ्नुपर्छ भनेर हामीले यो अभियान शुरू गरेका हौं । जब पार्टी एक हुन्छ, तब मात्र समृद्धिको सपना पुरा हुन्छ ।
जीवित पार्टीभित्र अन्तरविरोध भएपनि त्यो अन्तरविरोध फुटको तहसम्म नपुगोस् भनेर हामी तातेका हौं ।
तपाईंहरूको गठजोडले केपी ओली पक्षलाई फाइदा पुग्ला कि प्रचण्ड-नेपाल पक्षलाई फाइदा पुग्ला भनेर राजनीतिक वृत्तमा चर्चा चलेको छ नि ? कसको फाइदाका लागि हो तपाईंहरू एकजुट भएको ?
हामी नेकपाको फाइदाका लागि एकजुट भएका हौं। लाखौँ कार्यकर्ताले पार्टीलाई यो स्तरमा ल्याउन ठूलो योगदान गरेका छौं ।
शीर्ष नेताहरूको पनि कम योगदान छैन, उहाँहरू प्रति हाम्रो सम्मान छ । तर एकतापछिको दायित्वबाट कोही कहीँ पन्छिन खोजेको हो भने हामीलाई त्यो मान्य छैन भनेर हामीले सन्देश दिएका छौं ।
पार्टीभित्र देखिएको अन्तरविरोध कसरी समाधान गर्ने, कुन प्रणालीबाट पार्टीलाई एकजुट बनाएर अघि बढ्ने भन्ने विषयमा हामी निरन्तर छलफलमा छौं ।
पद र प्रतिष्ठाको कुरा अलग हो । कसलाई के जिम्मेवारी दिने भन्ने विषय अलग व्याख्याको कुरा हो । जसरी तत्कालीन एमाले र माओवादीको सामूहिक प्रतिबद्धताका कारण संविधान बन्यो, संविधानमा समाजवाद उन्मुख भनेर लेखियो त्यो पूरा त गर्नुपर्यो नि !
पार्टी एकताका लागि तपाईंहरूकै नेताहरूले पहिलो संविधानसभापछि नै पहल गरेको भनेर दाबी गर्छन् । तर आजको मितिसम्म पनि एकताका लागि एकाध समूह इमान्दार छैन भन्ने देखिन्छ,यसलाई कसरी हेर्ने ?
संविधान निर्माणताका जसरी १६ बुँदे सहमति गरियो, त्यो नै एकताको आधार थियो । त्यसअघि पनि पहलहरू भइरहेका थिए । तर जब एकताका लागि निर्णायक पहल भयो, छिटफुट घटनाबाहेक अन्य सबै घटनाक्रमले पार्टीका अधिकांश नेता कार्यकर्ता एकताका लागि इमान्दार छन् भन्ने पुष्टि गरेको छ ।
समाजवादमा जाने भनिसकेपछि कसरी जाने, कुन कार्यशैलीबाट जाने भन्ने विषयमा मतभेद हुन सक्छन् । तर एकताका लागि इमान्दारिता पुगेको हो र अहिले पनि त्यो इमान्दारीता छ भन्ने देखिन्छ ।
तपाईंहरूको हस्ताक्षर अभियानमा सामेल हुनेहरू पहिला आफ्नो गुटको प्रवक्ता बनिरहेका सांसद पनि छन्,उनीहरूले कित्ता परिवर्तन गरेका हुन् ?
हस्ताक्षर गर्ने साथीहरूमध्ये पनि कतिपयको आ-आफ्नो पूर्व समूहको धारणा कहीं न कहीं प्रतिविम्बित हुन सक्छ, तर त्यो मेजर कुरा होइन । हिजो एक-एकवटा समूहमा थियौं । तर हामीले अब कुनै पनि समूहमा नरहने प्रतिबद्धता व्यक्त गरिसकेका छौं । अहिले हामी ओली या प्रचण्डको समूहमा छैनौं ।
तर राजनीतिमा कि दायाँ कि बायाँ हुनुपर्छ भन्ने मान्यता पनि हुन्छ । हामी बीचमा छौं भनेका होइनौं । तर हाम्रो सेन्टर यो हो है, भनेर केन्द्र पत्ता लगाएका छौं र त्यहीअनुसार आफ्नो पोजिसन स्पष्ट गर्नुपर्छ भन्नेमा हामी प्रस्ट छौं ।
हस्ताक्षर अभियान त योभन्दा अघि पनि नेकपामा चलिरहेको घटनाक्रम हो । धेरै हस्ताक्षरहरू चले तर कसैले केही गर्न सकेनन् । तपाईंहरू पनि फरक खालको गुटबन्दीको अभ्यास गरिरहनु भएको त छैन ?
सरकारले अध्यादेश ल्यायो । त्यसपछि तत्काल बैठक बोलाउनुपर्छ भनेर स्थायी कमिटीका नेताहरूले हस्ताक्षर गर्नुभयो । बैठक पछि बस्यो पनि, तर त्यो एजेण्डाबाहिर गयो । अहिले अन्योलको स्थिति छ ।
त्यस्तै आ-आफ्ना पक्षमा खुमलटार र बालुवाटारमा हस्ताक्षर भएको भन्ने सुनिएको थियो । तर त्यसको काम भएन । त्यो गुटगत हस्ताक्षर थियो । कतै पनि बहुमत पुगेन । आफ्नो पक्षमा हस्ताक्षर पुर्याएर देखाइदिन्छु भन्नेहरू चुप लागे ।
पछिल्लो समय केन्द्रीय कमिटी बैठक बोलाउनुपर्छ भनेर हस्ताक्षर बुझाइएको छ । बैठक त बस्नुपर्यो । छलफल हुने त बैठकमै हो । त्यो नितान्त बैठक बोलाउने प्रयोजनका लागि हो । अहिले हामीले गरेको हस्ताक्षर पार्टी विभाजनका लागि कहीँ कतैबाट प्रयास भइहाल्यो भने त्यसलाई निस्तेज गर्ने प्रयोजनका लागि हो र हामी सफल हुन्छौं ।
स्थायी कमिटी अन्योलमा छ । केन्द्रीय कमिटी बैठक बस्ने नबस्ने टुंगो छैन । तपाईंहरूले पार्टीमा हस्तक्षेपकारी भूमिका त शुरू गर्नुभयो तर समन्वयकारी भूमिका चाहिँदैन र ?
स्थायी कमिटी बैठक शुरू भएपछि हामीले ल अब पार्टी सही ठाउँमा आउने भयो भनेर अपेक्षा गरेका थियौं । तर नेताहरूले एकले अर्कालाई नस्वीकार्ने खालको ट्रेन्ड देखियो सामूहिक नेतृत्वको केन्द्रीकृत अभिव्यक्ति नेताहरूबाट आएन । एजेण्डाभन्दा बाहिर गएर बहस भए ।
प्रधानमन्त्री ओलीले विदेशी शक्तिकेन्द्रको आडमा आफ्नो सरकार ढलाउन लागेको भनेर आफ्नै पार्टीका नेताहरूलाई आरोप लगाउनुभयो । अरू नेताहरूले पनि आजै छोड, भोलि नै छोड भन्ने खालका कुराहरू गरे । बाहिरबाट समाधान खोज्ने प्रयास भयो ।
सचिवालय सदस्यहरूमध्ये लगभग सबै पार्टी प्रमुख भएर आएका हुन् । प्रधानमन्त्री भइसकेका मात्र ४ जना छन् ।
यस्तो अवस्थामा एजेण्डाभन्दा बाहिरबाट समाधान खोजिनु हुँदैन थियो । हामीले पार्टी विभाजनको विपक्षमा हस्ताक्षर गर्नु भनेको फरक समूहको निर्माण गर्नु होइन । यसलाई हस्तक्षेपकारी ढंगबाट समन्वय गर्न खोजेको भनेर बुझ्दा हुन्छ ।
समस्या समाधान गर्ने मुख्य दायित्व कसको हो ?
समस्या समाधान गर्ने मुख्य दायित्व त आफूलाई पहिलो भनेर दाबी गर्ने अध्यक्ष र प्रधानमन्त्री ओलीले नै बहन गर्नुपर्छ । त्यसपछि अर्का अध्यक्षले आफ्नो जिम्मेवारी देखाउनुपर्छ ।
अनि सचिवालयका शीर्ष नेताहरू पनि यो वा त्यो नभनी समग्र पार्टीको हितका पक्षमा आफ्ना कुराहरू राख्नुपर्छ ।
हामी निर्वाचित सांसद पनि भएकाले हाम्रो दायित्व र भूमिका पनि कमजोर छैन ।
हामी चुप लागेर बस्ने हो भने विभाजनकारी शक्तिहरू अघि आउने भए भन्ने चिन्ता हो ।
तपाईंहरूले आफूलाई संसदीय दलमा निर्णायक देखाउन खोज्नुभएको हो ?
पार्टी फुट्छ भन्ने परिकल्पना अहिल्यै नगरौं । विषय त्यहाँसम्म जान्न र जान दिनु हुन्न भनेर हामीले निरन्तर दबाब दिएका छौं । हामीले एउटा पक्षलाई न्यानो बनाउने र अर्को पक्षलाई प्रोभोक गर्ने हिसाबले अघि बढ्दैनौं ।
दोस्रो पार्टी फुटकै स्थितिमा पुग्यो भने कुन समूहले कुन स्टेप लिन्छ त्यो हेर्छौं हामीले । सल्लाह र छलफलकै आधारमा हामीले हाम्रो पोजिसन तय गर्ने हो । तर एउटा कुरा के छ भने पार्टी फुटाउन दुवै पक्षहरू लागिपरे र फुट्ने नै भयो भने हामी कुनै पनि समूहमा रहने छैनौं । हाम्रो अलग अस्तित्व बन्छ ।
मतलब तपाईंहरू पनि अर्को पार्टी बनाउनुहुन्छ ?
त्यो अहिल्यै नसोचौँ । कतिपय साथीहरू पूर्व समूहमै फर्कनु होला । तर अहिलेसम्मको छलफलले हामी अडिग भएर पार्टी विभाजनको विपक्षमा उभिने निष्कर्ष निकालेको छ ।
तपाईंहरूको यो नयाँ अभियानमा सामेल भएर पनि कसैले पूर्व समूह या फुटको पक्षमा लाग्ने समूहको गुणगान गायो भने ?
कुनै साथीले यो प्लेटफर्मलाई त्यसरी दुरुपयोग गर्नुहोला जस्तो लाग्दैन । यदि त्यस्तो भयो भने हामीले हाम्रो टीमबाट निस्कासन गर्छौं ।
एउटाको पक्ष र अर्काको विपक्षमा पैरवी गर्नेहरूका लागि हामीले यो प्लेटफर्म बनाएका होइनौं ।
मैले पनि मेरो पूर्वसमूह या कुनै पक्षको देवात्वकरण गर्न थालेँ भने मलाई पनि निकाल्दिए हुन्छ ।
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...