मेयर शाक्य भन्छन्- केही व्यक्तिलाई उपत्यका प्रवेश गराउँदा ‘शान्त तलाउमा ढुंगा हाने' जस्तो भो

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अहिले केही व्यक्तिलाई काठमाडौंभित्र छिराउँदा शान्त तलाउमा ढुंगा हानेजस्ता भएको बताएका छन्।

शुरुमा उपत्यका सिल गर्दा लामो समय यहाँका ४० लाख बढी नागरिकले लकडाउनको पूर्ण पालना गरेको स्मरण गराउँदै उनले अहिले काठमाडौं प्रवेश गराउँदा थप भयावह हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै नाकामा कडाई गर्नुको अर्को विकल्प नभएको बताए। 


Advertisement

 उनले सरकारले बन्दाबन्दी खोले पनि लामो दूरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको बन्दाबन्दी नै मानेर आवतजावत बन्द गर्नुपर्ने बताए। 

सोमबार काठमाडौंमा आयोजित उपत्यका नगरपालिका फोरमको बैठकमा शाक्यले उपत्यकामा अहिले पनि समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नुपर्नेमा जोड दिए। उनी नगरपालिका फोरमका अध्यक्ष पनि हुन्।


Advertisement

फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर शाक्यले पनि उपत्यका प्रवेशमा कडाई गर्नुको अर्को विकल्प नरहेको बताए।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्