राजस्थान विधानसभामा भाजपाले अविश्वासको प्रस्ताव पेश गर्ने

भारतको राजस्थानमा भारतीय जनता पार्टीले शुक्रवार अशोक गहलोत सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने भएको छ । 
 

भोलिबाट नै राजस्थानमा विधानसभा सत्र शुरू हुँदैछ । 


Advertisement

त्यसअघि बिहीवार भाजपाको विधायक दलको बैठक बस्यो । उक्त बैठकमा राजस्थान विधानसभामा अविश्वास प्रस्ताव लैजाने निर्णय लिइएको हो । त्यसै बैठकमा विधायकहरूसँग अश्विास प्रस्तावका लागि हस्ताक्षर पनि गराइएको छ । 
 

गहलोत सरकारसँग बहुमत नभएको भाजपाको दाबी छ । 


Advertisement

विधायक दलको बैठकमा ७१ विधायक सहभागी भए । भाजपाको सहयोगी दल आरएलपीका तीन विधायक पनि बैठकमा उपस्थित थिए । 

आजै साँझ सबा ५ बजे मुख्यमन्त्री अशोक गहलोतको निवासमा कांग्रेस विधायक दलको बैठक बस्नेछ । त्यसअघि गहलोत र बागी नेता सचिन पाइलटबीच भेटघाट हुन सक्छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्